कोरोना संक्रमणबाट नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वसांसद योगनारायण यादवको निधन भएको छ । यादवको आज बिहान मेडिसिटी अस्पताल ललितपुरमा निधन भएको हो । यादवलाई संक्रमण भएपछि १० दिन अघि अस्पताल भर्ना गरिएको थियो । उहाँ पार्टीको धनुषा इन्चार्ज हनुहुन्थ्यो ।