
कांग्रेस सभापति शेरबहादुर देउवाभन्दा पहिले केपी ओलीले प्रधानमन्त्रीमा दाबी गरेका छन् । उनले नेकपा एमालेका एक सय २१ र जसपाका ३२ सांसदको हस्ताक्षरसहित संविधानको धारा ७६ (५)को प्रधानमन्त्रीका लागि दाबी पेस गरेका छन् । आफ्नो दाबी पेस गरेर ओली राष्ट्रपति कार्यालयबाट बाहिरिएका छन् ।
देउवालाई प्रधानमन्त्रीमा दाबी गर्न विपक्षी गठबन्धनका नेताहरू पनि एक सय ४९ जना सांसदको हस्ताक्षरसहित शीतलनिवास पुगेका छन् ।