काठमाडाै । शनिवार अपरान्ह चार रणनीतिक माेर्चाका नेता तथा युवा कार्यकर्तावीच एक भर्चुअल माध्यमबाट चार पार्टी एकता विषयक अन्तर्कृया सम्पन्न भयाे ।
प्रधानमन्त्री के.पी. ओलीले दाेश्राे पटक संसद विधटन गरेकै सन्दर्भ पारी संसदीय व्यवस्थाकाे विकल्प समाजवाद वा नौलाे जनवादी कार्यक्रम रहेकाे कुरामाथि सहभागीहरुले चर्चा गरे।
वक्ताहरुले पूंजीवादकाे विकासमा पनि चुनैाती देखिएकाेले अब मुलुकमा समाजवाद हुँदै साम्यवादी व्यवस्थाकाे लागि एक भएर जानुपर्ने खाँचाे भएकाे पिचार व्यक्त गरे ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य कृष्णहरि भट्ट, नेकपा (क्रान्तिकारी माओवादी ) का केन्द्रीय सदस्य ईश्वर तिमिल्सिना ,वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य जागृत रायमाझी र नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य पूर्णबहादुर सिंहकाे सहभागिता रह्याे ।
सहजकर्ताहरुमा युवा विद्यार्थी कुमार वर्तौला र उषाकिरण आजाद थिए। जुममा सहभागीहरुकाे प्रश्नकाे जवाफ पनि वक्ताहरूले दिएका थिए !