१४ आश्विन २०८०, आईतवार
: :
Preeti To Unicode
Date Converter
  • चुनाब २०७९
Top Ten Khabar

सूचनाकाे खबरदारी

  • समाचार
  • अर्थ
    • अर्थ समाचार
    • कर्पोरेट
    • बीमा
    • बैंक वित्त
    • शेयर
  • राजनीति
  • प्रदेश
  • चुनाब २०७९
  • खेल
  • उत्प्रेरक
  • विश्व
  • शिक्षा
  • साहित्य
  • स्वास्थ्य
  • विचार
  • विविध
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • बिज्ञान/प्रविधी
    • मनोरन्जन
    • लोकसेवा
  • Home
  • सर्वसाधारणको लागि पाँच लघुवित्तले ४० लाख कित्ता आईपीओ निष्कासन गर्दै, कुनको कति कित्ता ?

सर्वसाधारणको लागि पाँच लघुवित्तले ४० लाख कित्ता आईपीओ निष्कासन गर्दै, कुनको कति कित्ता ?

८ जेष्ठ २०७८, शनिबार २१:३४ No Comments
9
SHARES

८ जेठ, काठमाडौं । आईपीओमा लगानीकर्ताको आकर्षण बढिरहेको अवस्थामा पाँच लघुवित्त संस्थाले आईपीओ निष्कासन गर्ने भएका छन् । नेष्डो समृद्ध लघुवित्त, मानुषी लघुवित्त, जाल्पा सामादायिक लघुवित्त, जीवन विकास लघुवित्त र मनकामना स्मार्ट लघुवित्तले आईपीओ निष्कासन गर्ने भएका हुन् ।

नेष्डो समृद्ध लघुवित्त वित्तीय

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणमा ८ लाख कित्ता आइपीओ निष्कासन गर्ने भएको छ ।

लघुवित्तले वित्तीय संस्थाका कर्मचारी र सामुहिक लगानी कोष र सर्वसाधारणलाई समेत गरी ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो। संस्थाको अधिकृत पुँजी ५० करोड रुपैयाँ र जारी पुँजी २५ करोड ५० लाख रुपैयाँ रहेको छ ।

संस्थापक समुहको ७० प्रतिशत शेयर रहेको यस वित्तीय संस्थामा दुई वटा संस्था र ८१ जना संस्थापक शेयरधनीहरुबाट १७ करोड २१ लाख २५ हजार रुपैयाँ बराबरको शेयरपुँजी चुक्ता भैसकेको छ । कम्पनीले आईपीओ जारी गर्न ग्लोबल आयएमई क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गर्नेछ । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ ।

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था

मनकामना स्मार्ट लघुवितत्त वित्तीय संस्था लिमिटेडले ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ ।

जीवन विकास लघुवित्त वित्तीय संस्था

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाले १९ करोड ७७ लाख ३० हजार रूपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ आईपीओ निष्कासन गर्नेछ । संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ ।

जाल्पा सामादायिक लघुवित्त वित्तीय संस्था

जाल्पा सामादायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणको लागि ५ करोड बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । संस्थाले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ ।

संस्थाको हाल १० करोड ७८ लाख चुक्ता पूँजी रहेकोमा थप ५ लाख २२ हजार कित्ता सर्वसाधारणलाई साधारण सेयर निष्कासन गरेपश्चात चुक्ता पूँजी १६ करोड रुपैयाँ हुनेछ ।

Post navigation

फोहोरी संसदीय तमासाको उत्कर्ष
जेष्ठ ९ गते आइतवारकाे राशिफल

सम्बन्धित लेख

राष्ट्रिय वाणिज्य बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच सम्झौता

११ आश्विन २०८०, बिहीबार १३:०८ No Comments

अधिकारीको नियुक्तिपछि नेपाल बैंकले थप उचाइ लिने विश्वास

११ आश्विन २०८०, बिहीबार १२:१५ No Comments

झुटा अफवाहको पछि नलाग्न देउराली सहकारीको अनुरोध

९ आश्विन २०८०, मंगलवार २०:२६ No Comments

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Topten Khabar Pvt. Ltd. Babarmahal-11, Kathmandu, Nepal

Regd.No.:198928/075/076

Department of Information

Regd. No.: 1485/076/77

Press Council Regd. No.: 167/076/77

Email: toptenkhabar@gmail.com

  • सञ्चालक / सम्पादक : नन्दलाल खरेल
  • संरक्षक : रमेश घिमिरे

निर्देशक -राजकुमार थापा

बिजनेश म्यानेजर : सुधिरकुमार कर्माचार्य

मार्केटिङ म्यानेजर तथा रिपोर्टर : दिनेश लामिछाने

बजार व्यवस्थापक : टेकेन्द्र थापा

आइटी : मनिष खरेल

Toptenkhabar
Copyright 2021. All rights reserved | Designed By :- Tara Digital Solution