८ जेठ, काठमाडौं । आईपीओमा लगानीकर्ताको आकर्षण बढिरहेको अवस्थामा पाँच लघुवित्त संस्थाले आईपीओ निष्कासन गर्ने भएका छन् । नेष्डो समृद्ध लघुवित्त, मानुषी लघुवित्त, जाल्पा सामादायिक लघुवित्त, जीवन विकास लघुवित्त र मनकामना स्मार्ट लघुवित्तले आईपीओ निष्कासन गर्ने भएका हुन् ।
नेष्डो समृद्ध लघुवित्त वित्तीय
नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणमा ८ लाख कित्ता आइपीओ निष्कासन गर्ने भएको छ ।
लघुवित्तले वित्तीय संस्थाका कर्मचारी र सामुहिक लगानी कोष र सर्वसाधारणलाई समेत गरी ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो। संस्थाको अधिकृत पुँजी ५० करोड रुपैयाँ र जारी पुँजी २५ करोड ५० लाख रुपैयाँ रहेको छ ।
संस्थापक समुहको ७० प्रतिशत शेयर रहेको यस वित्तीय संस्थामा दुई वटा संस्था र ८१ जना संस्थापक शेयरधनीहरुबाट १७ करोड २१ लाख २५ हजार रुपैयाँ बराबरको शेयरपुँजी चुक्ता भैसकेको छ । कम्पनीले आईपीओ जारी गर्न ग्लोबल आयएमई क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।
मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड
मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गर्नेछ । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ ।
मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था
मनकामना स्मार्ट लघुवितत्त वित्तीय संस्था लिमिटेडले ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ ।
जीवन विकास लघुवित्त वित्तीय संस्था
जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाले १९ करोड ७७ लाख ३० हजार रूपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ आईपीओ निष्कासन गर्नेछ । संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ ।
जाल्पा सामादायिक लघुवित्त वित्तीय संस्था
जाल्पा सामादायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणको लागि ५ करोड बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । संस्थाले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ ।
संस्थाको हाल १० करोड ७८ लाख चुक्ता पूँजी रहेकोमा थप ५ लाख २२ हजार कित्ता सर्वसाधारणलाई साधारण सेयर निष्कासन गरेपश्चात चुक्ता पूँजी १६ करोड रुपैयाँ हुनेछ ।