
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरेसँगै आगामी आर्थिक वर्ष ०७८/७९ को बजेट अध्यादेशबाट आउने भएको छ । अर्थमन्त्रीले प्रत्येक वर्षको १५ जेठमा संघीय संसद्मा वार्षिक बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । तर, प्रतिनिधिसभा विघटन भएपछि अब सरकारले अध्यादेशबाट बजेट ल्याउने भएको हो ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संवैधानिक व्यवस्थाअनुसार नै बजेट ल्याइने बताए । उनले अध्यादेशबाट बजेट ल्याउने संकेत गरे पनि त्यस विषयमा स्पष्ट भने बताएनन् ।