काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता अध्यादेश जारी गरेकी छन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता केशव घिमिरेले जारी गरेको वक्तव्यमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरिएको उल्लेख गरिएको छ ।
सरकारले राष्ट्रपति कार्यालय पठाएको अध्यादेश राष्ट्रपतिले आइतबार जारी गरेकी हुन् ।