-रोशनी बाँस्कोटा
“औंठा छाप मेरो भाग्य”
मलाई नरोकियोस;
म,
आफ्नै
पसिनाको बन्दकिमा
रित्तो पेट उकास्ने मान्छे!
मलाई नछेकियोस,
म,
मेरै झुपडिको
चुहिएको छानाबाट
सुर्य देख्ने मान्छे!
मेरो
आवाज,
म बिकाउन सक्दिन,
म त केवल,
हातमा नाङ्ग्रा
रहुन्जेल आफुलाइ
टिकाउन सक्ने मान्छे!
म,
मेरा
हातका औलाहरुको
चक्रमा
भाग्य देख्ने गर्छु
र
मेरो अधिकार,
मत पत्रको
एउटा सुन्दर चित्रमा
औंठा छापले सुनिस्चित
गर्ने गहिरो आशमा बाच्छु,
मत पत्रका चिन्ह भन्दा
ठुलो मेरो औंठा छाप देखेर
मेरो मत बदर नगरियोस
सरकार!
अनपढ छु, अबुझ हैन,
म त हातका
ठेउलाहरुको कदर गर्ने मान्छे।।
पाँचथर
हाल: किर्तिपुर,काठमाडौं