१४ आश्विन २०८०, आईतवार
: :
Preeti To Unicode
Date Converter
  • चुनाब २०७९
Top Ten Khabar

सूचनाकाे खबरदारी

  • समाचार
  • अर्थ
    • अर्थ समाचार
    • कर्पोरेट
    • बीमा
    • बैंक वित्त
    • शेयर
  • राजनीति
  • प्रदेश
  • चुनाब २०७९
  • खेल
  • उत्प्रेरक
  • विश्व
  • शिक्षा
  • साहित्य
  • स्वास्थ्य
  • विचार
  • विविध
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • बिज्ञान/प्रविधी
    • मनोरन्जन
    • लोकसेवा
  • Home
  • सामुद्रिक आँधी यास भारतको जमिनमा आइपुग्दै, प्रभाव नेपालमा पनि पर्ने

सामुद्रिक आँधी यास भारतको जमिनमा आइपुग्दै, प्रभाव नेपालमा पनि पर्ने

१२ जेष्ठ २०७८, बुधबार ०९:१८ No Comments
सामुद्रिक आँधी यास
81
SHARES

काठमाडौँ / बंगालको खाडी नजिकै बनेको सामुद्रिक आँधी यास बुधबार दिउँसो भारतको जमिनमा आइपुग्दै छ।

भारतीय मौसम विभागले बुधबार दिउँसो पश्चिम बंगाल र ओडिसाको बीचमा यास जमिनमा आइपुग्ने बताएको छ।

मौसम विभागका अनुसार आज दिउँसो यास बालासो र भद्रकको धामरा (पारादीप) को नजिकै भएर जमिनमा आउने छ। जसका कारण १३० देखि १४० किलोमिटर प्रतिघन्टाको गतिमा हावा चल्नेछ।

आँधीको प्रभावका कारण पश्चिम बंगाल, उडिसा र झारखण्ड राज्यका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ।

आँधीबाट जोगिन पश्चिम बंगाल र उडिसा १३ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

यसैबीच यास आँधीको प्रभाव नेपालमा पनि शनिबारसम्म पर्ने देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यास आँधीको प्रभाव नेपालमा पूर्व हुँदै पश्चिमतिर जानेछ। केही स्थानमा भारी वर्षा र हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यास आँधीबारे विशेष बुलेटिन जारी गर्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।

यस्तो हुनेछ शनिबारसम्मको मौसम

बुधबार (१२ गते): प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशमा सामान्य बदली र बाकी भू-भागमा आंशिक बदली रहने छ। प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ को एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी, बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली/पहाडी भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात/वर्षा को सम्भावना रहेको छ।

बिहीबार (१३ गते): प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशमा सामान्य बदली र बाकी भू-भागमा आंशिक बदली रहने छ। प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ को एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी, बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली/पहाडी भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात/वर्षा को सम्भावना रहेको छ।

शुक्रबार ‌(१४ गते): देशभर सामान्यदेखि पूर्ण बदली रही मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा को सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ तथा उक्त प्रदेशका तराईका भूभागहरूमा उच्च बेगको हावाहुरि तथा अति भारी वर्षाको सम्भावना रहेको छ।

शनिबार ‌(१५ गते): देशभर सामान्यदेखि पूर्ण बदली रही मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा को सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ तथा उक्त प्रदेशका तराईका भूभागहरूमा उच्च बेगको हावाहुरी तथा अति भारी वर्षाको सम्भावना रहेको छ।-सेतोपटी

Post navigation

जेष्ठ १२गते बुधवारकाे राशिफल
युरोपियन फुटबल महासंघ: रियल म्याड्रिड, बार्सिलोना र युभेन्ट्समाथि कारबाही

सम्बन्धित लेख

सूर्यभन्दा १ लाख गुणा ठूलो ब्ल्याक होलले तारालाई टुक्रा-टुक्रा पारेर निल्यो !

१ आश्विन २०८०, सोमबार ११:४७ No Comments

मुम्बईमा विमान दुर्घटना, कम्तीमा आठ जना घाइते

२९ भाद्र २०८०, शुक्रबार ११:३४ No Comments

ट्रेनवाटै मस्को पुगे उत्तर कोरियाली नेता किम जोङ

२७ भाद्र २०८०, बुधबार ११:१४ No Comments

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Topten Khabar Pvt. Ltd. Babarmahal-11, Kathmandu, Nepal

Regd.No.:198928/075/076

Department of Information

Regd. No.: 1485/076/77

Press Council Regd. No.: 167/076/77

Email: toptenkhabar@gmail.com

  • सञ्चालक / सम्पादक : नन्दलाल खरेल
  • संरक्षक : रमेश घिमिरे

निर्देशक -राजकुमार थापा

बिजनेश म्यानेजर : सुधिरकुमार कर्माचार्य

मार्केटिङ म्यानेजर तथा रिपोर्टर : दिनेश लामिछाने

बजार व्यवस्थापक : टेकेन्द्र थापा

आइटी : मनिष खरेल

Toptenkhabar
Copyright 2021. All rights reserved | Designed By :- Tara Digital Solution