अमेरिकामा गोलीकाण्डका घटना धेरै भइरहहेका छन् । त्यहाँ व्यक्तिगत रुपमा गन राख्ने नियम छ । यसको पुनरावलोकन गर्न आवाज उठ्ने गरेको छ । बुधबार अमेरिकाको क्यालिफोर्नियाको स्यान होजेस्थित रेल यार्डका कर्मचारीले गोली चलाउँदा ९ जनाको ज्यान गएको छ ।
अमेरिकी सञ्चारमाध्यमहरुका अनुसार बुधबार बिहान स्यान होजेस्थित सान्टा क्लारा भ्याली ट्रान्सपोर्ट अथोरिटीका कर्मचारीले अन्धाधुन्ध गोली चलाएका हुन् । मृत्यु हुनेमा त्यहाँका कर्मचारी र गोली हान्ने व्यक्ति पनि रहेका छन् ।
प्रहरीका अनुसार ती कर्मचारीले गोली चलाउनुभन्दा अगाडि आफ्नो घरमा आगोसमेत लगाएका थिए । सीबीएसका अनुसार रेल कर्मचारीको बैठक चलिरहेका बेला गोली चलाइएको हो ।