काठमाण्डौ १४ जेष्ठ २०७८ ।
काठमाडौं उपत्यकामा जिल्ला प्रशासन कार्यालयहरुले निषेधाज्ञालाई शुक्रबारदेखि थप कडा बनाएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले उपत्यकामा जारी निषेधाज्ञालाई थप कडा बनाउने निर्णय गरेको थियो । सो निर्णयअनुसार आजबाट निषेधाज्ञामा कडाइ गरिएको हो । कडाई गरिएको निषेधज्ञासँगै नियम बमोजि नै अफिस हिँडेका ‘ग’ बर्गका फाइनान्स कम्पनीका कर्मचारीहरुले सास्ती खेप्नु परेको गुनासो गरेका छन् । जिल्ला प्रशासन कार्यालयहरुको निषेधाज्ञा कडाइ गर्ने पछिल्लो निर्णय अनुसार वित्त कम्पनीहरुलाई केन्द्रिय कार्यालय र जिल्ला वाइज एक–एक ओटा शाखा कार्यालय खोल्न दिने निर्णय भएको थियो । नेपाल राष्ट्र बैकको पनि आलो-पालोबाट शाखा खोल्न तथा २० प्रतिशत कर्मचारीबाट काम चलाउन बैक तथा वित्तिय संस्थाहरुलाई अर्को आग्रह छ ।
त्यसको जानकारी एकअर्को सम्बद्ध पक्षलाई गर्ने गराउने भन्ने पनि छ । तर जिल्ला प्रशासन कार्यालय र राष्ट्र बैक दुबैका आदेश तथा निर्णय मान्दै सोही अनुरुप एकएक शाखा तथा केन्द्रिय कार्यालय खोल्न हिँडेका आधा दर्जन फाइनान्स कम्पनीका कर्मचारीहरुले शुक्रबार सुरक्षाकर्र्मीहरुबाट सास्ती खोप्नु परेको गुनासो गरेका छन् । अवरोधका क्रममा फाइनान्स कम्पनी भनेका सहकारी हुन् यिनीहरुलाई छोड्न भनेको छैन भन्दै होल्ड गरिएको, अफिस जान नदिइएको एक जना कर्मचारीले बताए । यस्तो अवरोध अरु फाइनान्सका कर्मचारी साथीहरुले पनि खेपेको कुरा आएको ती कर्मचारीले बताए । प्रशासनको निर्णय र त्यसको कार्यान्वयमा दोहोरोपन देखिएको भन्दै बुझाइमा प्रष्ट हुन् उनीहरुले सम्बद्ध पक्षहरुलाई आग्रह गरेका छन् । सिडियो कार्यालय तथा राष्ट्र बैकको पछिल्लो निर्णय तथा नियम बमोजिम अफिस खोल्न तथा जान पाउनु पर्ने उनीहरुका माग छन् ।
नाम नबताउने सर्तमा एउटा फाइनान्स कम्पनीको डेपुटी सिइओले भने ‘यस बिषयमा राष्ट्र बैकले बाटो खोल्दिनु पर्ने होकि वा सिडियो कार्यालयले खोल्नु पर्ने हो । त्यसमा ध्यानाकर्षण होस् ।’