काठमाडौं । राष्ट्रियता र नागरिकता विषयक अखिल क्रान्तिकारीको आयोजनामा एक अन्तरकृया कार्यक्रम सम्पन्न गरिएको छ । जुममार्फत् गरिएको कार्यक्रयममा विभिन्न विद्वान, अधिवक्ता र दलीय प्रतिनिधिहरुले सहभागिता जनाएका थिए ।
कार्यक्रममा बरिष्ठ अधिवक्ता एकराज भट्टराई,संविधान विज्ञ चन्द्रकान्त ज्ञवाली, प्रमुख वक्ता सचिवालय सदस्य धर्मेन्द्र वास्तोला, अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकाल, अनेराश्ववियु अध्यक्ष ऐन महर, नेविसंघका अध्यक्ष राजीव ढुंगाना, अनेराश्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ र राष्ट्रिय विद्यार्थीसंघ अध्यक्ष मनिष मिश्र लगायत १६ जनाले आआफ्नो टिप्पणी प्रस्तुत गरे ।
कार्यक्रममा भारतसँग भएको १९५० को असमान सन्धीयता त्यसैको फ्रेमवर्कमा नागरिकता ऐन आएको र त्यसबाट दायाँवायाँ नभएको टिप्पणी गरे । सरकारले ल्याएको पहिलो नागरिकता विद्येक अपुरो र सत्ता लम्ब्याउनको लागि हतारमा ल्याइएको विचार व्यक्त गरे । वक्ताहकरुले यो नागरिकता पर्याप्त छैन र देशलाई सिक्किमीकरण गर्न खोजिएको आरोप लगाए । वक्ताहरुले अझै पहाडमा २८%, हिमालमा ३४%, तराईमा १७%, हुम्लामा ४२% र मुगुमा ४१% जनताले नेपालको नागरिकता नपाइरहेको तथ्यांक पनि प्रस्तुत गरे ।