संरक्षित कोष यसरी बितरण गरियो सहकारी संस्थाहरु गैर पुजीवादी अर्थतन्त्रको अबधारणामा स्थापित र संचालित भएका हुन्छन् । नेपालमा पुजिबादमा मान्यता राख्ने र समाजबादी भनाउदाहरु दुबै क्षेत्रकाले सहकारी खोलेका छन् । तर, कतिपय पैसा उठाउने र सहकारी मान्यता बिपरितको काम गरि काम गरिरहेकाहरु पनि छन् । तर, कतिपय सहकारी संस्थाहरुले प्रशंसा पनि कमाएका छन् । सदस्यको हितमा काम गरेर सदस्यहरु माझ लोकपृय बनेका छन् । मध्यपुर ठिमी १ लोकन्थलीमा संचालित दिब्य श्वरी बचत तथा ऋण सहकारी संस्था पनि ती मध्य एक मान्न सकिन्छ । शनिबार संस्थाले एक आकर्षक तर आफ्ना सदस्य केन्द्रित कार्यक्रमको आयोजना गर्यो । उसले संरक्षित पुजी फिर्ता कोष रकम बितरण कार्यक्रम -२०७७ आयोजना गरि उत्कृष्ट सदस्यहरुलाइ सम्मानपुर्बक रकम हस्तान्तरण गर्यो । सभामा जानकारी गराए अनुसार यो सहकारी ऐन नियामाबलीमा ब्यबस्था छ तर सहकारीहरुले अर्को तरिकाबाट यो शिर्सकमा खर्छ देखाउने गर्छन् । यसर्थ यो कार्यक्रम भक्तपुरमा पहिलो र नमुना योग्य हो ।
सभाका प्रमुख अतिथि जिल्ला सहकारी संघका अध्यक्ष केदार खड्काले उक्त कार्यको सराहना गर्नुभयो । हालै पत्रकार महसँघ भक्तपुरका नव निर्वाचित अध्यक्ष जगत प्रजापतिलाई सम्मान गरिएको थियो । उक्त अबसरमा दिब्य श्वरी सहकारी संस्थाको आ.ब. २०७६/०७७ को बचत तर्फको बित्तिय कारोबारमा उल्लेखनीय योगदान गर्नु भएका सदस्य न. ०१ का हरीलाल कुटु ( पूर्व अध्यक्ष ), पर्यटन व्यवसायी राजन थापा तथा जित बहादुर कुटु लगाएतलाइ प्रशंसापत्र, सम्मान साथै रकम बितरण गरिएको थियो ।
कार्यक्रमको शभापतित्व अध्यक्ष प्रदिप शर्माले गर्नु भएको थियो । प्रमुख कार्यकारी अधिकृत लायन सुरेन्द्र बहादुर श्रेष्ठले कार्यक्रम सन्चालन गर्नु भएको थियो । कार्यक्रममा धन्यबाद ज्ञापन उपाध्यक्ष तिर्थलाल कुटुले गर्नु भएको थियो । र, कार्यक्रम सम्योजक शिक्षा उपसमितिका सबिता श्रेष्ठले स्वागत मन्तब्य राख्नु भएको थियो ।