आर्थिक वर्ष २०७८\७९ को वजेट सरकारले सार्वजनिक गरेको छ ।
सार्वजनिक भएको वजेटमा कर्मचारीको तलब मासिक २ हजार रुपैयाँले बढेको छ । कोरोना- १९ को व्यवस्थापनमा बढ्दो खर्चका कारण अपेक्षाकृत तलब बढाउने अवस्था नभएपनि राष्ट्रसेवकको मनोबल बढाउने साउन १ गतेदेखि लागू हुने गरी दुई हजार बढाइएको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।
वृद्ध भत्ता १ हजार वृद्धि भएको छ । यसअघि ३ हजार रहेको वृद्धभत्ता वृद्धि भएपछि मासिक ४ हजार पुगेको छ ।