
लुम्बिनी प्रदेशमा आज भएको राष्ट्रिय सभा उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी भएका छन्।
उनले नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई ५२८ मतभारले हराएका हुन्। पाण्डेयले ४१४० मत ल्याए भने खड्काले ३६१२ मत पाए।*
कांग्रेस उम्मेदवार पाण्डेयलाई नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जसपाको बाबुराम-उपेन्द्र पक्ष र राष्ट्रिय जनमोर्चाको समर्थन थियो।