सर्वोच्च अदालतका प्रधानन्यायाधीश र सर्वोच्च बारका पदाधिकारीबीच भेटघाट भएको छ ।
सर्वोच्च बारले संवैधानिक इजलास गठन विवादरहित बनाउन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई सुझाव दिएको छ।
प्रतिनिधि सभा विघटनबारे परेका मुद्दामा सुनुवाइ गर्न गठन भएको संवैधानिक इजलासका न्यायाधीशबारे प्रश्न उठेपछि मंगलबार प्रधानन्यायाधीश राणालाई भेटेर सर्वोच्च बारका पदाधिकारीले सुझाव दिएका हुन्।
वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्न प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्च बारले सुझाब दिएपछि प्रधानन्यायाधीश सहमत भएका छन् । यससँगै प्रतिनिधिसभा विघटनको मुद्दा हेरिरहेको संवैधानिक इजलास पुनगर्ठन हुने भएको छ ।
जेठ १४ गते प्रधानन्यायाधीश राणाले आफूसहित दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठको इजलास गठन गरेका थिए।
रिट निवेदकतर्फका वकिलले न्यायाधीश केसी र श्रेष्ठ इजलासमा बस्न नमिल्ने कुरा उठाएपछि उक्त इजालास विवादमा परेको छ।