
जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्कासन गरेको छ । पार्टीको कार्यकारिणी समितिको बैठकको निर्णयअनुसार ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई निष्कासन गरेको हो ।
महन्थ ठाकुरपक्ष सरकारमा सामेल हुने सोचमा छ भने उपेन्द्र यादव पक्ष विपक्षी गठबन्धनमा सहभागी भएका कारण एक अर्का पक्ष बीच द्वन्द्व चलेको छ ।
यादव पक्षले यसबारे निर्वाचन आयोगलाई पनि जानकारी गराइसकेको छ ।