अर्थ मन्त्रालयले आर्थिक वर्ष ०७८/७९ को बजेट कार्यान्वयनका लागि गृहकार्य सुरु गरेको छ । बजेटमा उल्लेखित कार्यक्रमहरू समयमै सुरु गरी छिटो परिणाम ल्याउनका अर्थ मन्त्रालयले बजेट प्रस्तुत भएको दुई दिनमा नै बजेट कार्यान्वयनको गृहकार्य सुरु गरेको हो ।
यसै क्रममा सोमबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटमा उल्लेखित योजना तथा कार्यक्रमहरू कार्यान्वयनका लागि समयतालिकासहितको कार्ययोजना बनाउन निर्देशन दिएका छन् ।