नन्दलाल खरेल
आम्दानी र खर्च वीचको अन्तर वढ्दो छ
ऋण निर्भर वजेट घोषणा भएको छ
अर्थतन्त्रलाई वास्तविक भन्दा मोटो देखाइएको छ
संसद विघटन गरेर अध्यादेशबाट वजेट घोषणा छ
तर शासक समृद्धिको गीत गाइरहेको छ ।
दश खर्वको राजस्व उठ्ने अनुमान छ
सबै राजस्व चालु खर्चमा झ्वाम्म हुने भएको छ
रसाइनिक मलका लागि १० अर्ब अनुदान छुट्याइएको छ
कृषक मलका लागि टोलाएर बसेको छ
तर शासक समृद्धिको गीत गाइरहेको छ ।
खोपका लागि २६ अर्ब विनीयोजीत गरिएको छ
जनता खोपका लागि पर्खाइमा छ
माफिया र विचौलिया कमिसनको सेटिङ्गमा छ
दलाल नेता र नोकरशाही मिलिभगतमा छ
तर शासक समृद्धिको गीत गाइरहेको छ ।
सामाजिक सुरक्षामा ३३ प्रतिशत वृद्धि छ
व्यवसायीलाई उल्लेख्य मात्रमा कर छुट छ
स्थानिय विकास साझेदार कार्यक्रम हटाइएको छ
गरिब निवारण कोष हटाएर गौरब गरिएको छ
तर शासक समृद्धिको गीत गाइरहेको छ ।
सार्वजनिक ऋण तीनवर्षमा दोब्वर भएको छ
कुल ग्राहस्थ उत्पादनमा ३७ प्रतिशत ऋण बढेको छ
विकास बजेट पटक पटक समिक्षा गरी घटाएको छ
असारे विकास झन उल्कर्षमा पुगेको छ
तर शासक समृद्धिको गीत गाइरहेको छ ।
बजेट जनमुखी नभएर चुनावमुखी भएको छ
गरिबलाई राज्य सुविधा परिचय पत्र हुने भएको छ
निषेधाज्ञामा ५० प्रतिशत घरभाडा छुट भनिएको छ
लागु हुन एकदमै असम्भव छ
तर शासक समृद्धिको गीत गाइरहेको छ ।
वजेटमा तलब महङ्गी र भ्रष्टाचारको कनेक्सन छ
निषेधाज्ञाले अर्थतन्त्रका परिसूचक नकारात्मक छ
सबैभन्दा ठूलो वज्रपात दैनिक ज्यालादारी माथि छ
वृद्ध भत्ता धनी गरिब सबैलाई समान छ
तर शासक समृद्धिको गीत गाइरहेको छ ।
अनावश्यक खर्च कटौतिमा वजेट मौन छ
तर पैसा वाढ्ने कार्यक्रममा वजेट मनग्यै छ
भत्ता देखि भ्रमणसम्म वजेट दोब्वर छ
सरकारी गाडी किन्न वजेट दोब्वर छ
तर शासक सुमृद्धिको गीत गाइरहेको छ ।।