मेलम्ची खानेपानी आयोजनाले वितरण गर्दै आएको मेलम्चीकाे पानी एक महिना नआउने भएको छ ।
सुरूङ परीक्षणका लागि पानी बन्द गर्नुपर्ने अवस्था आएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ।
ईञ्जिनियरहरूको टोलीले सुरूङमा केही त्रुटि छन् छैनन् भनी हेर्नेछन्। पानी खाली गराउन पन्ध्र दिन लाग्नेछ।
र, निरीक्षण गर्न १० दिन लाग्ने छ।
ठेक्का सम्झौता समापन पनि गर्नुपर्ने बेला भएको छ। त्यसकारण एक पटक सुरूङ परीक्षण जरुरी भएको आयोजनाले बताएो छ।