१७ मंसिर २०८०, आईतवार
: :
Preeti To Unicode
Date Converter
  • चुनाब २०७९
Top Ten Khabar

सूचनाकाे खबरदारी

  • समाचार
  • अर्थ
    • अर्थ समाचार
    • कर्पोरेट
    • बीमा
    • बैंक वित्त
    • शेयर
  • राजनीति
  • प्रदेश
  • चुनाब २०७९
  • खेल
  • उत्प्रेरक
  • विश्व
  • शिक्षा
  • साहित्य
  • स्वास्थ्य
  • विचार
  • विविध
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • बिज्ञान/प्रविधी
    • मनोरन्जन
    • लोकसेवा
  • Home
  • पूर्वसांसद तथा नेकपा माओवादी केन्द्रका नेता विष्णु बहादुर तामाङको निधन
13
Shares

पूर्वसांसद तथा नेकपा माओवादी केन्द्रका नेता विष्णु बहादुर तामाङको निधन

२१ जेष्ठ २०७८, शुक्रबार १२:५३ No Comments
39
SHARES

काठमाडौंः पूर्वसांसद तथा नेकपा माओवादी केन्द्रका नेता विष्णु बहादुर तामाङ (विएल वाइबा) को निधन भएको छ । 

सिरहाको कर्जन्हा नपा ५ निवासी ७८ वर्षीय तामाङको  बिहीबार राति निधन भएको हो । 

ad

कारोना सङ्क्रमण पुष्टि भएपछि उनको झापाको दमकस्थित आम्दा अस्पतालमा उपचार भइरहेको थियो ।

कारोना सङ्क्रमणबाट मुक्त भइसकेका उनको सुगर लेभल एक्कासी बढी भएपछि निधन भएको अस्तालले जनाएको छ । उनी उच्च रक्तचाप र मधुमेहका बिरामी थिए।  

उनी २०४८ सालको आम निर्वाचनमा सिरहा क्षेत्र नंं ५ बाट तत्कालिन संयुक्त जनमोर्चाबाट निर्वाचित भएका थिए । उनी कम्यूनिष्ट आदर्श र सोशित पीडित जनताप्रति समर्पित नेताको रुपमा परिचित थिए ।

यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले तामाङको निधनप्रति दुःख व्यक्त गरेका छन् । 

उनले आज शोक विज्ञप्ति निकालेर तामाङको निधनबाट नेपाली राजनीतिले सच्चा राष्ट्रवादी नेता गुमाएको भन्दै दुःख व्यक्त गरेका छन् । कम्युनिष्ट आन्दोलनले आफ्नो अभिभावक गुमाएको बताउँदै प्रचण्डले उनलाई सादा जीवन, सरल र जुझारु तथा किसान र मजदुरबीच लोकप्रिय नेताको रुपमा स्मरण गरेका छन् ।

Post navigation

बजेटः नयाँ झुटको कागजी धरहरा
झिटी गुन्टा बोकेर ‘चुरे’ रेल चढ्न दिल्ली जाँदै छ: अर्जुन पराजुली

सम्बन्धित लेख

क्यारिनद्वारा बारेकोटमा राहत वितरण

१७ मंसिर २०८०, आईतवार ०९:३८ No Comments

कोप–२८ : जलवायु परिवर्तनविरुद्धको साझा मोर्चा बन्ला ?

१७ मंसिर २०८०, आईतवार ०९:२५ No Comments

पेट्रोलियम पदार्थको मुल्य घट्यो

१५ मंसिर २०८०, शुक्रबार ०८:४५ No Comments

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Topten Khabar Pvt. Ltd. Babarmahal-11, Kathmandu, Nepal

Regd.No.:198928/075/076

Department of Information

Regd. No.: 1485/076/77

Press Council Regd. No.: 167/076/77

Email: toptenkhabar@gmail.com

  • सञ्चालक / सम्पादक : नन्दलाल खरेल
  • संरक्षक : रमेश घिमिरे

निर्देशक -राजकुमार थापा

बिजनेश म्यानेजर : सुधिरकुमार कर्माचार्य

मार्केटिङ म्यानेजर तथा रिपोर्टर : दिनेश लामिछाने

बजार व्यवस्थापक : टेकेन्द्र थापा

आइटी : मनिष खरेल

Toptenkhabar
Copyright 2021. All rights reserved | Designed By :- Tara Digital Solution