–विश्वनाथ खरेल
पर्यावरण विश्वमै एक चुनौतीपूर्ण समस्याको रुपमा देखापरेको छ । यस्तो किसिमको विकराल समस्याको समाधानको लागि वेलैमा विकसित तथा विकासशील राष्ट्रहरुले युद्धस्तरमा रणनीतिहरु तय गर्नु परेको वातावरण गम्भीररुपमा विग्रनु मानवीय व्यवहार हो भन्न सकिन्छ । मानवकै अज्ञानको कारणबाट नै वन विनाश , भू–क्षय आदि हुने गरेको छ । सर्वप्रथम वातावरणमा ह्रास ल्याउने मानिस नै हो भने यसको निराकरण गर्ने पनि मानिस हो । मूलतः पर्याावरण बढ्दै गैरहेको जनसंख्या बृद्धि, सवारी साधनको चाप र औद्योेगिक क्षेत्रबाट निस्कने घाँतक ग्याँसले गर्दा वायु तथा पानीसमेत प्रदूषित बन्दै गएको छ । यसरी विकासशील मुलुकहरुमा कहालीलाग्दो जनसंख्या बृद्धिले गर्दा वन–साधनमा ठूलो चाप पर्न गई भू–क्षय हुने, पहिरो जाने, बाढीको प्रकोप बढ्ने, अतिवृष्टि तथा अनावृष्टि हुने समस्या देखापरि पर्याावरणीय सन्तुलनलाई प्रतिकूल वनाएको छ । यसरी सारा संसारमानै वातावरण सन्तुलनमा ह्रास आउनु प्रत्येक व्यत्तिको वातावरण विश्वमै एक चुनौती पूर्ण समस्याको रुपमा देखापरेको छ । यस्तो किसिमको विकराल समस्याको लागि वेलैमा विकसित तथा विकासशील राष्ट्रहरुले युद्धस्तरमा रणनीतिहरु तय गर्नु परको छ । यसरी सारा संसारमा नै वातावरण सन्तुलनमा ह्रास आउनु प्रत्येक व्यक्तिको लागि चिन्ताको विषय बनेको छ ।
विश्वमा जनसंख्याको चाप गणितीय रुपमा बृद्धि भएको छ तर जमिन भने एक ईन्च पनि बढ्नेवाला छैन । तर जमिन भने दिनहुं घट्दो रुपमा रहेको छ । यसले गर्दा प्राकृतिक सम्पदा र वातावरण माथि आक्रमण र असन्तुलन बढीरहेको छ । यी कारणले गर्दा ठूलाठूला महामारी र डरलाग्दा रोगहरुको उत्पति भैराखेको वर्तमान परिवेशमा फोहोर मैलाको उचित र वैज्ञानिक रुपले विसर्जन गर्नु पर्ने टड्कारो स्थिति विद्यमान भएको छ । मानव समाजले विज्ञानको चरम सिमामा पुगेर उल्लेखनीय उपलव्धीहरु हाँसिल गरेको छ । यसरी प्रविधिहरु तथा संचारको विकासले गर्दा आजभोली मानिसहरु विश्वलाई गोल्बल भिलेज पनि भन्ने गर्दछन् । मानवले जति जति उन्नति ग¥यो उति उति समस्या र संकटहरु आइलागेका छन् । एकातिर सफलताहरु उल्लेखनिय उपलव्धीहरु हाँसिल गरेको छ भने अर्कोतर्फ सम्पूर्ण जीव चराचरको साझा घर पृथ्वीमा जीवको लागि ठूलो संकट आइलागेको छ । मानिसले अन्धो भएर एकपक्षीयरुपमा गरेको चरम भौतिक विकासले साझा धर्तीको पर्यापरणीय सन्तुलन क्षतविक्षत भएको छ । मानवजातीको हितको लागि गरिएको विज्ञान प्रविधिको विकासको कारणले गर्दा पृथ्वीको माटो, हावा, आकाश, पानी, प्रकाश आदि तत्वहरु प्रदूषित भएका छन् ।
पृथ्वीको सिर्जना साँढेचार अर्व अघि भए तापनि करीव डेढ अर्व वर्षसम्म यसमा कुनै पनि जीवजन्तुको उत्पत्ति हुन सकेन । केही समय पछि मात्र एक कोशीय जीवको अस्तित्वका साथै बीस लाख वर्ष जति अघि मानिसको उत्पत्ति भएको मानिन्छ । यिनको उत्पत्ति, विकास र अन्त्य पनि यहि प्रकृति मै हुन्छ । एक अध्ययन अनुसार सन् १९५० मा विश्वमा कार्बन उत्सर्जन ५.२८ बिलियन टन थियो भने सन् २०१७ मा आइपुग्दा ३६.१५ बिलियन टन कार्बन उत्सर्जन पुगिसकेको छ । सन् २०१८ को वल्र्ड लाइफ फन्डको लिभिङ प्लानेट रिर्पोेट अनुसार सन् १९७० पछि स्तनधारी, पक्षी, माछा र सरिसृपको कुल क्षेत्रमा ६० प्रतिशत गिरावट आएको छ । हरेक वर्ष तिनको वास्थान नाश भइरहेको छ । त्यसैले एक अर्काको अस्तित्व र सम्वन्ध अन्योन्याश्रित रहेको छ । प्रकृतिका सन्ततिहरुमध्ये मानिस सर्वश्रेष्ठ जीव हो । र यसको सम्वन्ध प्रकृतिसंग अरुको भन्दा गहिरो र व्यापक सम्वन्ध छ । आजको एक्काइसौं शताब्दीको खुड्किलोमा जनसंख्या बृद्धि धेरै जटिल समस्याहरु जन्म भएको छ । यसको असर सोझै प्रकृतिमा पर्न गई वातावरणीय असन्तुलनको स्वरुपको रुपमा आज यसले मानव जातिलाई नै ठाडै चुनौती दिइरहेको छ ।
तेश्रो विश्वका ८० प्रतिशत प्राणीहरुले फोहोर बासस्थानमा जीवन बिताउन बाध्य भएका एकातिर छन् भने अर्कोतिर एक अर्व तीस करोड प्राणीहरु बासविहिन एवं जटिल अस्वस्थ पर्याावरणमा जीवन निर्वाह गरेका छन् । प्रदूषणकोे केन्द्र मानिएका विश्वका हरेक शहर तथा उद्योग धन्धाहरुलाई वर्सेनि दश करोड भन्दा बढी सल्फर डायोअक्साइड हावामा मिसिन्छ । यसले स्वच्छ वातावरणलाई दूषित वा अम्ल वर्षामा परिणत गरिदिन्छ । घना शहरीकरणले ध्वनि प्रदूषित गराई यहाँ धेरै राष्ट्रहरु कोलाहलपूर्ण परिवेशमा बाँचेका छन् । विश्वको सबैभन्दा बढी ध्वनि प्रदूषितकोे रुपमा चिनिने कायरोमा प्रति वर्ष पाँच प्रतिशत मानिसहरु बहिरा हुन पुग्दछन् । यसर्थ पृथ्वीको बढ्दो उष्णीकरण, ओजोन लेयर पातलिने स्थिति ल्याक होल, अम्लवर्षा, हिमाल पग्लन थाल्नु जस्ता परिणाम भोग्न मानव समुदाय वाध्य भएपछि यसका कारक तत्वहरुवारे अनुसन्धान हुन थाले । अतः वातावरणको प्रतिकूल कारणहरुले गर्दा विश्वमा फैलिएको महामारीले मानववर्गलाई तहस–नहस गरिरहेको अवस्था एकातिर छ भने अर्कोतिर हेर्ने हो भने प्रकृतिको विनाशबाट उत्पन्न भएको जटिल कारक तत्व यसलाई मान्न सकिन्छ । जसलेगर्दा वातावरण विनाशका कारण उत्पत्ति भएका कोभिड–१९ जस्ता भयांकर रोगहरुसँग लड्न कठिन हुन सक्छ । यसको लागि वातावरण संरक्षण र संवद्र्धन गर्ने क्रममा मानवसमुदायहरु लाग्नु पर्ने टड्कारो आवश्यकता रहेको देखिन्छ । मूलतः हाल पृथ्वीमा विभिन्न स्थानहरुमा विभिन्न ग्याँसबाट उत्पन्न हुने पि.एम.२.५ ले गर्दा विश्वभरी लाखौं लाख मानिहरुको मृत्यु भएको छ । त्यसरी नै वायु प्रदूषणको कारणले गर्दा प्रत्येक वर्ष १५ करोड ३० लाख मानिसहरु मर्ने गरेको तथ्यांकहरुले देखाएको छ । त्यसै गरी विगत वर्ष भन्दा कार्वनड्राइ अक्साइड मात्रा पनि यो वर्ष विश्वको एक तिहाई स्थानमा भएको बन्दाबन्दीको कारणले १७ प्रतिशत घट्न गएको सम्बन्धित क्षेत्रका विज्ञहरुले जनाइएका छन् । हाम्रा छिमेकी देशहरु चीन र भारतले विद्युतीय सवारी सधानहरुको संख्या बढाउदै गएका छन् । नेपालले पनि गत वर्षको वजेटमा विद्युतीय सवारी साधनमा वजेट विनियोजित गरिएको थियो भने यस बर्र्षको वजेटमा भने कोभिड–१९ कारण वजेट समावेश गरिएको छैन् । हाल देशमा विद्युतीय उत्पादनमा बृद्धि हुदै गएको हुनाले हालको अवस्थामा १ हजार ५ मेगावाड रहेको छ भने सन् २०२२ सम्ममा २ हजार ८० किलोवाडसम्म पुग्ने अनुमान गरिएको छ । यसर्थ यी कुरालाई राम्ररी मनन गरी सरकारले देशमा पेट्रोल, डिजेलको मात्रालाई विस्थापन गरी विद्युतीय साधनहरुमा बढीभन्दा बढी रुपमा खपत गराउन विज्ञहरुको अनुरोध पनि हुँदै आएको छ ।
निष्कर्षमा भन्नुपर्दा संसारभरी विषम परिस्थिति कोरोना दोस्रो लहरको कारणले अवस्था विद्यमान रहेको छ । यस्तो अवस्थामा भय, चिन्ता, डर, त्रासले सर्वत्र व्याप्त रहेको छ । प्रकृतिमाथि दोहन भनेको मानवर्गले गर्ने व्यवहार नै हो । यसमा अनुत्पादक क्षेत्रमा असीमित उत्पादन खोज्नु आजको मानवर्गको मुख्य चरित्र बनेको छ । मूलतः यो पृथ्वीको प्राकृतिक स्रोत–साधन माथिको अतिक्रमण थियो । अन्तमा के भन्न सकिन्छ भने भौतिक उन्नतिले क्रमशः उब्जाएका नकारात्मक पक्षहरु विचार गर्दा प्राकृतिक सन्तुलन विग्रन गई मानव सभ्यताकै लोप हुने हो कि भन्ने चिन्ताले सबैलाई पिरोलिएको छ । जसले गर्दा वातावरणमा सुधार भई जनस्वास्थ्यमा सरकारले गर्ने खर्चमा पनि कमी नआउला भन्न सकिन्न । यी कुराहरुलाई सम्बन्धित निकायहरुले बेलैमा बिचार गरी आउँदो वर्षहरुमा नीति तथा कार्यक्रमहरु तय गर्नु बुद्धिमानी हुनेछ । हाम्रो मुलुकमा पनि लामो समयसम्म बन्दाबन्दीले गर्दा वातावरणमा केही सुधार आइरहेको विज्ञहरुले बताएका छन् ।
3 thoughts on “पर्यावरण संरक्षणः आजको खाँचो”