
-बरिष्ठ संचारकर्मी प्रबीण जोशी
भक्तपुर / बिश्वका अन्य देशमा जस्तै नेपालामा पनि कोरोनाको नयाँ भेरीएन्ट भेटिएको चर्चा गरिएको छ । वेलाईती अखबार डेली मेलमा दिइएको समाचारले नेपालमा उत्परिबर्तित भएको कोरोना भाइरस युरोपमा फैलिएकोले वेलायतबाट घुम्न जानेहरुलाई जोखिम भएको बताइएको छ । तर उक्त समाचारलाई नेपाल स्थित डब्लुएचओको कार्यालयले नेपालमा नयाँ भेरीएन्ट आएको जानकारी नभएको उल्लेख गरेको छ । उक्त पत्रीकाले जनाए अनुसार पोर्चुगलामा सो भेरीएन्ट तिनमा भेटियो, जुन पर्यटकहरु नेपालबाट फर्किएका थिए । त्यसैले बेलाएतले पोर्चुगललाई ‘ग्रीन जोन’ बाट हटाउने सम्भावनाको कुरा उक्त पत्रीकाले छापेको छ ।
उक्त कुरालाई लिएर नेपाल स्थित डब्लुएचओको कार्यालयले नेपाल सार्स-कोभ २ को नयाँ भेरीएन्ट फेला परेको शन्दर्भमा बिस्व स्वास्थ्य संगठनलाई कुनै जानकारी नभएको सामाजिक सन्जाल मार्फत जनायो । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि एक बिज्ञप्ती मार्फत उक्त डेली मेलमा छापेको समाचारमा कुनै सत्यता नभएको जनाएको छ ।
यसैबिच डब्लुएचओले भाइरसलाई बिशेषज्ञहरु संग छलफल गरी बिभिन्न नामाकरण गरेको छ । हाल कोरोनाको नाम दिइदा कुनै देशको नाम दिइदा अन्य देशको प्रतिष्ठामाथी चोट पुग्ने देखेर नामाकारण गरिएको एजेन्सी मार्फत सार्बजनिक गरिएको छ । डब्लुएचओले ग्रीक बर्णमालाका अक्षर अल्फा, बिटा र गामा आदी गैर बैज्ञानिक समुहलाई ब्यबहारिक हुने शब्दहरु शिफारिस गरिएको जनाइएको छ । श्रोता तथा दर्शक सेवा प्रदायक सेवाग्राहिलाई समेत अधिक सजिलो र ब्यबहारिक हुने छ । डब्लुचओले जारी गरेको बिज्ञप्ती मा कोभिड -१९ को प्रकारलाई जनाउँदा कुनै देशको नाम लिइएको अवस्थामा प्रतिष्ठामाथी आँच आउने गुनासोलाई मध्यनजर गर्दै उक्त नाम शिफारीस गरिएको बताइएको छ ।
तसर्थ नेपालमा भेटिएको भेरीएन्टहरु अल्फा (बी.१.१.७ ), डेल्टा (बी. न.६१७-२) हो । उक्त संगठनले भारतमा फैलिएको बि.१६१७.२ कोरोना भाइरसको प्रकारलाई जनाउने भेरीएन्टलाई ‘डेल्टा’ भेरीएन्टको रुपमा पहिचान गराइएको छ । उक्त शिफारीस पूर्व यसलाई भारतिय भेरीएन्टको रुपमा लिइदै आएको थियो । बेलायतमा देखिएको नयाँ कोभिडलाई डेल्टा (बी.१-१-७), दक्षिण अफृकामा भेटिएकोलाई ‘बिटा’ र ब्राजीलको लाई ‘गामा’ नामाकरण गरिएको छ । २४ भन्दा बढी भेरीएन्ट भेटेकोमा ग्रीक बर्णमालाको अक्षर सकिने हुँदा नयाँ प्रणाली घोषणा गरिने डब्लुएचओकी प्राबिधिक समुहकी प्रमुख मारिया भन कर्खोभले भनेकी छिन् ।