
नन्दलाल खरेल
प्रधानमन्त्री ओलीज्यू अभिवादन !
म सामान्य एक नागरिकको तर्फबाट यहाँलाई पत्र मार्फत मनमा उठेका गुम्साहटहरुलाई पोख्न गइरहेको छु । प्रधानमन्त्री ज्यू सर्वविदितै छ, मुलुकमा यस समय कहानीलाग्दो अवस्था छ । कोरोना संक्रमणको दोस्रो लहरले मुलुकमा भयावह स्थिति पैदा गर्न लागेको छ । समयमै यसको नियन्त्रण गर्न नसके मुलुकको मानवीय तथा अर्थतन्त्रको समेत ठूलो क्षती वेहोर्नु पर्ने निश्चित छ । यस्तो परिस्थितमा यहाँले सवैदलसँग एकता कायम गरी सबै संयन्त्रहरुलाई एकत्रितगरी महामारीबाट मुक्ति दिलाउन संयोजनकारी भूमिका निर्वाह गर्नु पर्नेमा, आफ्नै दलको किचलोलाई समाधान गर्न नसकी, उनीहरुले काम गर्न नदिएको आरोपमा हठात मध्यरातमा जनता सुतिरहेको वेला संसद विघटन गरी चुनावको घोषणा गर्नु भयो । प्रधानमन्त्री ज्यू जनताले पाँच वर्षका लागि दिएको मत वदर गर्ने अधिकार कसले दियो यहाँलाई ? प्रधानमन्त्री ज्यू, आपूm तानाशाह शैलीमा सरकार चलाउन खोज्ने अनि अरुले काम गर्न दिएनन् भन्ने ? सर्वोच्च अदालतले संसदको पुनःस्थापन गरेर यहाँलाई ठुलो धक्का दिएपछि कुर्सिबाट राजीनामा दिएर बुढेसकालमा आराम गरेर वस्नु पर्दैन ? हुन त यहाँ नेपाली उखान टुक्कामा पोख्त हुनुहुन्छ । राजनीतिमा ‘जसले हा¥यो, त्यसले जान्यो’ भन्ने उहिल्यै चलेको हो । के अब एक्काइसौं शताब्दीका डिजिटल युगका जनतालाई यसो गरेर हुन्छ ।
कमरेड ओली ज्यू, ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर’ भने झै महामारीबाट जनतालाई बचाउनु पर्ने बेलामा संसद पुनःभङ्गरी चुनाव घोषणा गरी बहादुरी देखाउनु भएको छ । आम जनता यत्रो महामारीको विच चुनावको घोषणा भएको देख्दा छक्क मात्र होइन एल्टै आक्रोशीत भएका छन् । यहाँले जे जस्तो डम्भु बजाए पनि आम जनताले पत्याएका छैनन चुनाव हुन्छ भनेर । किनकि यो वेला दिनहु हजारौं हजारको संख्यामा संक्रमित भइरहेका छन् । सयौं मानिसको ज्यान गइरहेको छ । तेस्रो लहर पुनः आउने भनेर स्वास्थ्यकर्मीले चेतावनी दिइरहेका छन् । यस्तो वेला यहाँले कस्तो वहादुरी देखाउन खोजेको हो ? वुझन सकिएन कतै यो मुर्खताको पराकाष्ठ होइन ? भोली चुनावकै कारण महामारी फैलिएर लाखौ मानिसको ज्यान गए त्यसको जिम्मेवारी यहाँले लिनुहुन्छ ? राज्य किन वन्यो र देश किन वनाइयो भन्ने सिद्धान्त यहाँले वुभ्mनु पर्दैन ? दुःख र संकटमा राज्य जनताको छहारी र संरक्षक वन्नु पर्ने होइन ? मानिसले दुःख पाउनु ,जीवन गुमाउनु र अभावमा नियतीसँग जोडेर व्याख्या गर्न मिल्छ कमरेड महाशय ।
प्रधानमन्त्री ज्यू तपाईलाई यो चिठ्ठी कोर्दै गर्दा अमेरिकी प्रथम राष्ट्रपति अब्राहम लिङ्कनको भनाई स्मरण गराउन चाहन्छु । एउटा नागरिक मुर्ख भयो भने देशलाई खासै फरक पर्दैन । तर एउटा शासक मुर्ख भयो भने देशलाई नै फरक पार्छ । के आज हामी यहि नियति झेलीरहेका छौं ? पार्टी भित्रको अन्र्तविरोध वढ्दै गएर संसद विघटन गरेर देशलाई मध्यावधि चुनावमा लैजानु यो लोकतन्त्रको संस्थागत विकास हो । हिटलर स्वयंले सार्वजनिक रुपमै प्रजातान्त्रीक प्रणाली सत्ता प्राप्त गर्नका लागि मात्र प्रयोग गर्ने र सत्ता प्राप्ति प्रश्चात विपक्षीलाई तिनीहरुले पाउने हरेक सुविधाबाट वन्चित गराउने घोषणा नै गरेका थिए । हिटलरको शासन सँगै जर्मनीमा प्रतिनिधिसभाको औचित्य समाप्त गरियो । आपूmलाई जर्मनीका एक मात्र निर्विवाद नेता घोषणा गरेको हिटलरले आफ्नो नाममा भएका कुनै पनि कार्यमा कसैले पनि प्रश्न उठाउन नपाउने उर्दि जारी गरे । हिटलर र जर्मनी प्रर्यायवाची हुन भन्ने नारा प्रचलित गराइयो । जर्मनीमा हिटलर विरोधी हर कुनै आवाज राष्ट्र विरोधी हुन गयो । के आज यहाँले पनि हिटलरकै शैलि अपनाउनु भएको हो ?
सम्मानिय प्रधानमन्त्री ज्यू, नेपालको संविधान २०७२ जनताको संघर्षको प्रतिफल थियो । दशकै लामो अस्थिरताको अन्त्य गर्दै देशमा समुन्नत लोकतन्त्र यसले स्थापना गरेको थियो । तपाईलाई यहि व्यवस्थले सबैभन्दा माथि पु¥याएको हो । तर यहाँ र महामहिम राष्ट्रपति विद्यादेवी भण्डारी को मिलिभगतमा संसद विघटन गर्नु संविधानको भावना र मर्ममा चोट पु¥याएको होइन ? जनताको परिवर्तनप्रतिको जनआकांक्षलाई तहसनहस पार्न यहाँले मिल्छ ? २०६२÷६३ सालको जनआन्दोलनले ज्ञानेन्द्र शाहको निरंकुशताबाट मुक्ति दिलायो । तर परिस्थितिले कोल्टे फेरे के होला ? गणतन्त्र, संविधान र लोकतन्त्रमा संकट उत्पन्न भइरहँदा जनता चुप लागेर वस्लान प्रधानमन्त्री ज्यू ।
मुलुक अहिले आइसोलेसन, आइसीयू हुँदै भेन्टिलेटरमा छ प्रधानमन्त्री ज्यू । तर यहाँको सरकार नागरिकतामा सत्ताको सौदावाजीमा छ । हिजो यहाँको छवी राष्ट्रवादी नेताको रुपमा उत्कर्ष थियो । अझ नाकावन्दीको समयमा यहाँको राष्ट्रवादको सर्किट ले व्रेक नै गरेको थियो । हिजो नागरिक विधेयक यहाँले नै रोक्नु भएको थियो ।तर आज सत्ता बचाउन नागरिकतामा सौदावाजी गरिदैछ । यी सबै कुरा आमनेपालीले हेक्का राखेका छन् प्रधानमन्त्री ज्यू । हिजो चुच्चे नक्सामा शिखर चुमेको राष्ट्रवाद आज धुलीसाप भएको छ । विशेष व्यक्तिहरुलाई राज्यले कदर गर्दा उनीहरुलाई दिने तक्मामा चुच्चे नेपालको नक्सा हराएको छ प्रधानमन्त्री ज्यू । हिजो मधेशमा प्रभाव जमाएको जनता समाजवादी पार्टी लाई गाली गजैजामा भएको राष्ट्रवाद कता गयो ? आज तपाईले उनीहरुको साथ नपाए सत्ता लगंडो हुने देखिएको छ हैन त प्रधानमन्त्री ज्यू ।
प्रधानमन्त्री ज्यू यहाँले समृद्धिका धेरै भाषणहरु गर्नु भएको छ । विकासका थुपै्र कामहरु बताउनु भएको छ । आँखा चिम्लेर केहि पनिभएको छैन भन्नेहरुलाई आँखा खोलेर हुर्नु पर्छ भन्नु भएको छ । यहाँले त मुलुक विकास मात्र होइन ‘द्रुत विकास’ भन्नु भएको छ । तर प्रधानमन्त्री ज्यू वास्तविकता यस्तो छैन । द्रुत विकास भाषणमा होइन आर्थिक परिसूचकमा देखिनु पर्छ प्रधानमन्त्री ज्यू । आजका युगका जनतालाई अब तथ्यांकमा जवाफ दिन आवश्यक छ । मुलुकमा कती प्रतिशत पीच सडकहरु बनेका छन् ? कति मेगावाट विद्युत थपियो ? राष्ट्रिय गौरवका आयोजनाहरु कस्तो गतिमा छन् ? व्यापार घाटाको अवस्था कुन विन्दुमा पुगेको छ ? वजेट कार्यन्वयनको अवस्था कस्तो छ ? कृषि जन्य वस्तुको आयात किन दिन प्रतिदिन वढेको छ ? स्वास्थ्य क्षेत्रको अवस्था किन यति कहाली लाग्दो छ ? रोजगारीको अवस्था कस्तो छ ? कति प्रतिशत जनता थप गरिविमा परे ? भारतसँग हामी कति निर्भर छौं ? रेमिट्यान्सबाट रकम नआए मुलुकको अर्थतन्त्र कस्तो होला ? भ्रष्टाचार कुन विन्दुमा वढेको छ ? के यी सबै प्रश्नको तथ्यांक यहाँलाई थाहा हुनु पर्दैन ? शायद थाहा नपाएरै होला यहाँले आफ्नो आँखाबाट द्रुत विकास देख्नु भएको ।
प्रधानमन्त्री ज्यू, यहाँले पटक पटक मृत्युको नजिक पुगी वाँच्न सफल हुनु भएको छ । यो यहाँको नाफाको जिन्दगी हो । यहाँले आफ्नो नाम नेपालको इतिहासमा राखी सक्नु भएको छ । अब तपाईले आफ्नो स्वास्थ्यको कारण देखाई प्रधानमन्त्रीको कुर्सीबाट राजीनामा दिई सक्षम व्यक्तिलाई जिम्मेवारी दिँदै ठिक होला । राज्यले ७० कटेका नागरिकलाई सम्मान गरी भत्ताको व्यवस्था गरेको छ । यहाँको स्वास्थ्य र उमेरले पनि आराम गरेर वस्नु भनिरहेको छ भने किन त्यो बाटो नरोज्ने प्रधानमन्त्री ज्यू । पूर्व प्रधानमन्त्रीले पाउने सेवा, सुविधा र सम्मान लिदै जीवन व्यक्तित गर्दै पार्टीमा सल्लाहकारको भूमिकामा रहेर वस्नु हित कर हुनेछ । उही तपाईको शुभेच्छक नन्दलाल खरेल ।
खरेल अर्थराजनीतिक विश्लेषक हुन् ।
9841268023