
डा.सुमनकुमार रेग्मी
नेपाल प्राकृतिक स्रोत र साधनले भरिपूर्ण छ । यहाँ प्राप्त दुर्लभ जैविक विविधता र भूवनोटको विशेषताले गर्दा नेपाल अतुलनिय सुन्दर छ । तर पनि बृहत उत्पादनका औद्योगिकीकरण र आधुनिक विकासमा अत्यन्त पछाडी परेको छ।
नेपालले २००७ सालमा राणा शासनबाट मुतm पायो। २००७ साल पछि क्रमशः २०३६, २०४६ , र २०६३ गरी चार वटा जनआन्दोलन भईसक्दा गणतन्त्र आए पनि आर्थिक विकास हुन सकेको छैन् । सरदरमा बार्षिक आर्थिक बृद्धि अर्थात जीडीपी दर ३ प्रतिशतको हाराहारीमा छ। यस्ता आन्दोलन देशको आर्थिक विकासको लागि गरिन्छ। हाम्रा दुई छिमेकी देशले १० प्रतिशत बृद्धि भन्दा बढीका दरले आर्थिक विकास गरिरहेका छन्। तर नेपालमा गरिबीकै रेखा मुनी १८ प्रतिशत भन्दा बढी जनसंख्या रहि आर्थिक विकासको नाम–निशाना नै छैन्। अझ झन २०२७, २०४५ र २०७२ का भारतीय नाकाबन्दीले देश पछाडी धकेलियो। अझ नेताहरु अबुझ छन । आफ्रनै स्वार्थमा लागि आएका छन।
नेपालमा उद्योगको कूल गार्हस्थ उत्पादनमा हिस्सा ५ प्रतिशत भन्दा कम छ। बार्षिक उद्योग क्षेत्रको बृद्धि ३ प्रतिशत भन्दा कम छ । आ.ब. २०७६–७७ र २०७७–७८ मा कोरोना भाईरसका कारण उद्योग उत्पादन बृद्वि अद्योगतिमा जाने निश्चित छ। यस्तो अवस्थामा कसरी निकासीमा उद्योगका उत्पादनले स्थान पाँउदछ। नेपालको उद्योग अवस्थामा ओरालोमा देखिन्छ।
विश्व इतिहास हेर्दा विकसित देश समृद्धका कारण औद्योगिकीकरण नै हो यस्मा दुई मत कसैको हँुदैन् ।नेपालमा पनि उद्योग विकास हेतुले १९९२ सालामा कम्पनी एक्ट आएको देखिन्छ। तर पहिलो कम्पनी कानुन आएको यत्रो ८२ बर्ष वित्दा पनि विकास कहाँ गयो। १९९३ मा नै विककास गर्ने हेतुले नेपालमा जुट मील स्थाापना भई औद्योगिकीकरणको श्रीगणेश भयो। १९९४ मा नेपाल बैंकको स्थापना भयो।
२००७ सम्म आउँदा ६५ वटा कम्पनी दर्ता भए । २००४ देखि २०१७ सालसम्म औद्योगिक विकास हुन सकेन्। निजी क्षेत्र पनि औद्योगिकीकरणमा आउन सकेन्। फस्वरुप २०१७ साल पछि २०२१ सालमा जनकपुर चुरोट कारखानाको स्थापना पश्चात अरु उद्योग सार्वजनीक रुपमा त्यस साल पश्चात स्थापना हुँदै गए। नेपालको औद्योगिकरणका लागि सार्वजनीक संस्थाले महत्वपूर्ण भूमिका खेलेका थिए । किन्तु सन् १९९२ पछिको उदारीकरणको सपनाले औद्योगिकीकरणको प्रयाश उडाई दियो। नेपालमा सार्वजनीक संस्थानको प्रारभ्भ औद्योगिकीकरण ठिक समयमा भएको ठानिन्छ। यो ठिक समयमा निजी क्षेत्र पँुजी लगानीका लागि आकर्षित थिएन्। २०४९ सालसम्म आउँदा नेपालमा ६६ वटा संस्थान भए। यस्मा ४० वटा त उत्पादनमूलक नै थिए। त्यसर्थ नेपालमा औद्याोगिकरण शुरुवात सार्वजनीक संस्थानबाट भयो। तर निजी क्षेत्रलाई र्आद्योगिकीकरणको काँध विसाउने उदेश्यले पनि सन् १९९२ मा निजीकरण गरियो। १९९२ काृ उदारीकरणले हालसम्म ३० वटा निजीकरण गरी बाँकी ३७ बाँकी छन् र यी ३७ मध्ये १८ वटा मात्र नाफामा थिए ।जिजी क्षेत्रले औद्योगिकीकरण तर्फ कदमका अगाडी बढन नसकेकाले हो की अब ३७ वटा निजीकरण गरिएको देखिदैन्। कुनै कुनै उद्योग र सेवा प्रकतिका जस्तै नेपाल औषधी लिमीटेड, साझा बस र अरु पुनः संचालन गरिएको देखिन्छ। उदार अर्थत्न्त्र अवलम्बन भएपछि ३० वटा संस्थान निजीकरण गरियो तर यी त स्वार्थ सिद्धीका हिसाबले घुसखोरीकका लागि बेचीएका रहेछन्।
त्यसकारण अर्थतन्त्र चौपट र उद्योग क्षेत्र पन्चट भए। त्यसमाथी त कोरोना भाईरसले अर्थतन्त्र र उद्योग उत्पादन सुत्केरी हुन आटेको भैसी जस्तो थला पर्ने नै भयो।
कुनै बेला चर्चामा आएका उद्योगहरु जस्तै वनस्पति घिउ–तेल,नाईजर सिडस्, यार्ना, आदि छन् भने फलाम तथा स्टिलका वस्तुहरु, सिमेन्टआदि उद्योगमा लगानी बढदै आएको छ। समयसमयमा केहि उद्योगका उत्पादनहरु प्रतिस्पर्धा गर्न नसकेर यस्ता उद्योगहरु पनि विस्थापीत भएर पनि गएका छन्। २०७६ —७७ मा त पाल्म आयल, सोयाबिन आयल र यार्न पहिलो तिन निकासी बस्तु भए। २०७०–७१ म धागो पहिलो निकासी वस्तु भएको थियो। यी बर्ष बाहेक नेपालको निकासी वस्तुमा तयाराी पोशाक, पश्मिना र गलैंचा २०३० साल पछि हाबी भए। २०३० साल अघि नेपालको निकासीमा काठ, घिउ, अलैची, जुट र अरु कृषि वस्तु आदि निकासीमा हाबी भए । राणाशासन, दोश्रो विश्व युद्ध अर्थात सन् १९४५ ताक नेपालको निकासी बचत भएको देखिन्छ।
बताईन्छ की आ.ब. २०४७–४८ देखि २०४९–५० सम्मको दुई बर्षको अवधिमा उत्पादनमूलक उद्योगको कूल उत्पादन प्रचलित मूल्यमा दोब्बर भएको थियो। २०४९–५० पछि उत्पादन दोब्बर हुन पाँच बर्ष भन्दा बढी लागेको देखिन्छ। त्यसपछि नौं बर्ष लाग्यो। २०५१–५२ को स्थिर मूल्यका आधारमा आर्थिक बर्ष २०५७–५८ पछि औद्योगिक उत्पादनको बृद्धिदर शुन्यप्राःय रहेको देखिन्छ। औद्योगिक उत्पादनको सरदर बार्षिक बृद्धिदर एकदमै न्यून र खासगरी सेवा क्षेत्रको बृद्धिदर सामान्य रहदै आएको देखिन्छ। त्यसो हुँदा कूल गार्हस्थ उत्पादनमा उद्योगको अंश आर्थिक बर्ष २०५७–५८ मा ९ प्रतिशत रहेकामा आर्थिक बर्ष २०६७–६८ देखि ६.२ प्रतिशतभन्दा तल गईरहेको छ। २०७३–७४ मा आएर यो प्रतिशत पाँच प्रतिशत भन्दा तल गएको छ। यस पछि त जीडीपीमा उद्योगको स्थान र उद्योग बृद्धि दर पाँच प्रतिशत भन्दा कम भएको देखिन्छ।
२०७२ लाई नै लगानी बृद्धिको शुरु बिन्दु मानेर अगाडी बढने नीजि क्षेत्रको प्रण गरिए ता पनि २०७२ मा नै भूकम्प, नाकाबन्दी र संबिधान पछिका र स्थानीय–प्रदेश र संघिय तहका चुनाव नभएका अवस्था र अन्योलले देशलाई अगाडी बढन बाधा पु¥यायो । फलस्वरुप २०७२–७३ मा ०.७७ प्रतिशतको कम आर्थिक बृद्धि दर रहन पुग्यो। तर २०७४ मा त चुनाव बर्ष जस्तै भयो। यी यस्तै कारणले २०७२ भित्र लगाानी गर्न प्रतिबद्धता गरेका सबैले आफ्ना योजना पछाडी सार्न बाध्य हुन गयो र त्यतीकैमा २०७६–७७ को कोराना भाईरस असरका कारण सन् २०२२ र २०३० सम्मको राष्ट्र संघको लक्ष्य हासील गर्न निकै अपठेरा पर्न गएको छ। २०७६–७७ र २०७७–७८ मा कोरानाका कारण आर्थिक बृद्धिमा निकै असर पर्ने छ। ।
नेपालको उद्योग क्षेत्रमा विभिन्न बान्डका बिस्कुट, कुकिज, चिजबल, सिमेन्ट, टायर, प्लाष्टिकका सामान, चप्पल, फलामे रड, रङ,आँखाको लेन्स,पेय पदार्थ, मादक पदार्थ, फर्निचर,जुस, धागो, चक्लेट, क्लिंकर, कपडा, औषधी, दुग्ध पदार्थ, कागत र अरु नव वस्तुहरुमा लगानी र उत्पादन बढदै गएको देखिए पनि उद्योगका अवस्था सुदृढ भएर गएको छैन् र यस्ता वस्तुका निकासी हुन र बढन पनि सकेको देखिदैन् ।यी वस्तुहरु अलिअलि निकासी बढन जाने हो भने देशको निकासी बढन जान्छ। नयाँ उद्योगकोे उत्पादन संभावना उद्योगका वस्तुहरुमा एलइडी बल्ब, सिमेन्ट, स्टिल छड, साबुन, ईटाँ, ऊर्जा, कृषि तथा वन पैदावार, खाद्यान्न , छाला, प्लाष्टिक, स्टिल रोलिङ , फलामजन्य लगायत अरु नौलो खालका पनि छन्। चाउचाउ, विस्बुट, चप्प्लजुता, दाल,मैदा, औषधि ्, वियरलगायतका वस्तुहरु छन् र यी वस्तुहरु किन बृहत रुपमा उत्पादन किन हुन सक्दैनन् ।
नेपाल विश्व व्यापार संगठनमा प्रवेशपछि नेपाली तयारी पोशाक उद्योग ओरालो लागेको देखिन्छ। गार्मेन्ट उद्योगले विश्व प्रतिस्पर्धा गर्न सकेन् । नेपालमा गलैंचा, तयारी पोशाक, पश्मिनासहित अरु घरेलु वस्तु उत्पादनमा विदेशीलाई छिर्न नदिंदा प्रबिधि नेपालमा आउन सकेन्। फलस्वरुप लागत बढी हुन गई नेपाली यस्ता घरेलु उत्पादनले प्रतिस्पर्धा गर्न सकेन्। डाबर, कोलगेट, लिभर नेपालजस्ता बहुराष्ट्रिय कम्पनीको उदय भएर निकासीमा देखिए तर निकासीमा दिगो देख्न सकिएन। बनस्पति घिउ, टर्पेनटाइन तेल, जिन्क अक्साईडजस्ता वस्तुहरु भाारतमा कोटामा निकासी भए तर ती पनि निकासीमा दिगो रहन सकेनन् र उद्योग पनि धारासायी बन्दै गए।
नयाँ औद्योगिक व्यवसाय ऐन २०७३ पछि औद्योगिक व्यवसाय ऐन २०७६ आए पनि उद्योगपतिका जाँगर औद्योगिकरणमा चलेका छैनन्। तर नयाँ औद्योगिक व्यवसाय ऐन २०७६ नहुँदा काम गर्न अपठेरा परेको बताएका थिए। के ले रोक्यो औद्योगिकीकरणको पाईला नेपालको निकासी आधुनिक उद्योगमा पनि सुरुवात हुनु पर्नेमा स्वदेशी श्रम, पुँजी, आशिंक कच्चा पदार्थ र स्वदेशी लगानीकर्तामा आधारित लघु,घरेलु। तथा साना उद्योगमा मात्र सिमीत हुन पुगे । फलस्वरुप निकासी उन्मुख उद्योग र निकासीमा असर पर्न गयो। बिदेशी पँुजी र प्रबिधिको अभावमा र स्वदेशी मालवस्तु र प्रबिधिमा यथेष्ट उपयोग नहुँदा निकासी भर पर्ने भएन्।
भइरहेको उद्योगहरुमा क्षमता कहिले पनि नबढनु औद्योगिक क्षेत्रको कमी देखिन्छ। औद्योगिकीकरणका लागि सबै उद्योग पूर्ण क्षमतामा चल्नु पर्दछ। विश्वमा २१ औं शताब्दीमा अत्याधुनिक प्रबिधि प्रयोग हुन लागिरहेको बेला नेपालमा भने १८ औं शताब्दी अघिका मेशिन उपकरण प्रयोग गरी औद्योगिकीकरणको फुर्ती गर्दछौं। यस्तो उद्योग संचालनको अवस्थाबाट उद्योगको हालको ५ प्रतिशत भन्दा कमको कूल गाहैस्थ उत्पादनमा अंश प्रतिशत कसरी बढाउने खोजको विषय बनेको छ।
लेखक व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रका पूर्व नायव कार्यकारी निर्देशक हुनुहुन्छ। थप चाहिएमाः ९८४९७७१८८४