१४ आश्विन २०८०, आईतवार
: :
Preeti To Unicode
Date Converter
  • चुनाब २०७९
Top Ten Khabar

सूचनाकाे खबरदारी

  • समाचार
  • अर्थ
    • अर्थ समाचार
    • कर्पोरेट
    • बीमा
    • बैंक वित्त
    • शेयर
  • राजनीति
  • प्रदेश
  • चुनाब २०७९
  • खेल
  • उत्प्रेरक
  • विश्व
  • शिक्षा
  • साहित्य
  • स्वास्थ्य
  • विचार
  • विविध
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • बिज्ञान/प्रविधी
    • मनोरन्जन
    • लोकसेवा
  • Home
  • उपत्यकाका सिडीओहरुको बैठक बस्दै, निषेधाज्ञा लम्ब्याउने कि मोडालिटी परिवर्तन गर्ने ?

उपत्यकाका सिडीओहरुको बैठक बस्दै, निषेधाज्ञा लम्ब्याउने कि मोडालिटी परिवर्तन गर्ने ?

३० जेष्ठ २०७८, आईतवार १३:२३ No Comments
निषेधाज्ञा सिडीओहरुको बैठक
15
SHARES

काठमाडौँ: काठमाडौं उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक दिउँसो ३ बजे बस्दैछ। प्रजिअहरुको बैठकले निषेधाज्ञा लम्ब्याउने अथवा मोडालिटी परिवर्तन गर्नेबारे निर्णय गर्ने जनाइएको छ। हाल जारी निषेधाज्ञा सोमबार सकिँदैछ।

जारी निषेधाज्ञामा तरकारीलगायत किराना पसल, खाद्यान्न तथा डिपार्टमेन्ट स्टोर्स (ग्रोसरी मात्र) बिहान ९ बजेसम्मका लागि खुला गरिएको छ। अब भोलिदेखि लागू हुने निषेधाज्ञामा उक्त समय १ घन्टा बढाएर १० बजेसम्म पुर्‍याउने तयारी गरिएको छ।

निषेधाज्ञा थपिए पनि पुस्तक ढुवानी र बिक्रीका लागि पुस्तक पसल खुलाउने तयारी रहेको छ। यस्तै विकास निर्माणका क्षेत्रमा पनि आवश्यक सतर्कता अपनाइ खुकुलो बनाइने बताइएको छ। त्यसका लागि निश्चित समय तोकिनेछ।

जारी निषेधाज्ञालाई केही खुकुलो बनाएर एक हप्ता लम्ब्याउने तयारी रहेको बताइएको छ।

यसअघि निषेधाज्ञामा किराना तथा खाद्यान्न पसल संचालनमा केही खुकुलो बनाएको थियो। उपत्यकामा वैशाख १६ गतेदेखि आदेश जारी गरी अत्यावश्यकबाहेकका गतिविधिमा रोक लगाइँदै आइएको छ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमण नियन्त्रणमा आइ नसकेकाले अहिले नै निषेधाज्ञा खुलाउन नहुने विज्ञहरुले बताएका छन्।

Post navigation

पाँचथर: एक वृद्धको धारिलो हतियार प्रहार गरी हत्या
मनसुनको आगमन: आवश्यक सतर्कता अपनाउन आग्रह

सम्बन्धित लेख

प्रधानमन्त्री प्रचण्डले बोलाए ७ दलको बैठक

१४ आश्विन २०८०, आईतवार ११:३० No Comments

‘सोराडी’ कृत मुक्तक संग्रह ‘रुपान्तरण’ बिमोचन

१४ आश्विन २०८०, आईतवार ११:१९ No Comments

गुरु लामा घ्याछो रिम्पोछे २२ देशको सल्लाहकारमा नियुक्त

१४ आश्विन २०८०, आईतवार ११:१६ No Comments

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Topten Khabar Pvt. Ltd. Babarmahal-11, Kathmandu, Nepal

Regd.No.:198928/075/076

Department of Information

Regd. No.: 1485/076/77

Press Council Regd. No.: 167/076/77

Email: toptenkhabar@gmail.com

  • सञ्चालक / सम्पादक : नन्दलाल खरेल
  • संरक्षक : रमेश घिमिरे

निर्देशक -राजकुमार थापा

बिजनेश म्यानेजर : सुधिरकुमार कर्माचार्य

मार्केटिङ म्यानेजर तथा रिपोर्टर : दिनेश लामिछाने

बजार व्यवस्थापक : टेकेन्द्र थापा

आइटी : मनिष खरेल

Toptenkhabar
Copyright 2021. All rights reserved | Designed By :- Tara Digital Solution