१४ आश्विन २०८०, आईतवार
: :
Preeti To Unicode
Date Converter
  • चुनाब २०७९
Top Ten Khabar

सूचनाकाे खबरदारी

  • समाचार
  • अर्थ
    • अर्थ समाचार
    • कर्पोरेट
    • बीमा
    • बैंक वित्त
    • शेयर
  • राजनीति
  • प्रदेश
  • चुनाब २०७९
  • खेल
  • उत्प्रेरक
  • विश्व
  • शिक्षा
  • साहित्य
  • स्वास्थ्य
  • विचार
  • विविध
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • बिज्ञान/प्रविधी
    • मनोरन्जन
    • लोकसेवा
  • Home
  • टोपबहादुर रायमाझीको घरमा खानतलासीमा प्रहरी

टोपबहादुर रायमाझीको घरमा खानतलासीमा प्रहरी

२६ बैशाख २०८०, मंगलवार १६:५३ No Comments

भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एमाले सा‌ंसद टोपबहादुर रायमाझीको घरमा प्रहरी पुगेको छ। 

मंगलबार प्रहरी उनको घरमा खानतलासी गर्न पुगेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए। रायमाझीको घर ललितपुरको सातदोबाटोमा छ।

अहिले तलासी लिने काम भइरहेको एसएसपी कार्कीले बताए। उनीविरूद्ध काठमाडौं जिल्ला अदालतले वैशाख २० गते पक्राउ पुर्जी जारी गरेको थियो। तर अहिलेसम्म पनि उनी फरार छन्। 

उनलाई पक्राउ गर्न जिल्ला प्रहरी परिसर काठमाडौंले ७७ वटै जिल्लामा पत्राचार गरेको छ। यस्तै, उनी भारत भागेको हुनसक्ने प्रहरीको आशंका समेत छ। 

उनी भारतको लखनउ पुगेको हुनसक्ने आशंकामा केन्द्रीय अनुसन्धान ब्युरोको टोली समेत परिचालन भएको छ। ब्युरोको टोलीले गत शनिबारदेखि उनको खोजी गरिरहेको छ। यद्यपि उनी कहाँ छन् भन्ने खुलिसकेको छैन। 

रायमाझीविरूद्ध पक्राउ पुर्जी जारी हुँदा उनी अर्घाखाँचीमा थिए। त्यहाँ कार्यक्रममा उपस्थित रहेका उनले आफूविरूद्ध पुर्जी जारी भएपछि काठमाडौं आएर अनुसन्धानलाई सघाउने बताएका थिए। 

उनले प्रहरीलाई नै सम्पर्क गरेर पनि आफैं परिसरमा हाजिर हुने बताए। तर उनी आएनन्। 

प्रहरीले अहिलेसम्म यो प्रकरणमा ८ जनालाई पक्राउ गरेको छ। जसमध्ये टोपबहादुरकै छोरा सन्दिप पनि एक हुन्। 

केशव दुलाल, सानु भण्डारी, टेकनारायण पाण्डे, इन्द्रजित राई, सन्देश शर्मा, सागर राई र टंककुमार गुरूङ प्रहरी हिरासतमा छन्। 

Post navigation

कृषि र व्यपार क्षेत्रलाई टेवा पु¥याउँदै करेन्ट चाउचाउ
पूर्वगृहमन्त्री खाँण उनकै निवास बाट पक्राउ 

सम्बन्धित लेख

प्रधानमन्त्री प्रचण्डले बोलाए ७ दलको बैठक

१४ आश्विन २०८०, आईतवार ११:३० No Comments

‘सोराडी’ कृत मुक्तक संग्रह ‘रुपान्तरण’ बिमोचन

१४ आश्विन २०८०, आईतवार ११:१९ No Comments

गुरु लामा घ्याछो रिम्पोछे २२ देशको सल्लाहकारमा नियुक्त

१४ आश्विन २०८०, आईतवार ११:१६ No Comments

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Topten Khabar Pvt. Ltd. Babarmahal-11, Kathmandu, Nepal

Regd.No.:198928/075/076

Department of Information

Regd. No.: 1485/076/77

Press Council Regd. No.: 167/076/77

Email: toptenkhabar@gmail.com

  • सञ्चालक / सम्पादक : नन्दलाल खरेल
  • संरक्षक : रमेश घिमिरे

निर्देशक -राजकुमार थापा

बिजनेश म्यानेजर : सुधिरकुमार कर्माचार्य

मार्केटिङ म्यानेजर तथा रिपोर्टर : दिनेश लामिछाने

बजार व्यवस्थापक : टेकेन्द्र थापा

आइटी : मनिष खरेल

Toptenkhabar
Copyright 2021. All rights reserved | Designed By :- Tara Digital Solution