१४ आश्विन २०८०, आईतवार
: :
Preeti To Unicode
Date Converter
  • चुनाब २०७९
Top Ten Khabar

सूचनाकाे खबरदारी

  • समाचार
  • अर्थ
    • अर्थ समाचार
    • कर्पोरेट
    • बीमा
    • बैंक वित्त
    • शेयर
  • राजनीति
  • प्रदेश
  • चुनाब २०७९
  • खेल
  • उत्प्रेरक
  • विश्व
  • शिक्षा
  • साहित्य
  • स्वास्थ्य
  • विचार
  • विविध
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • बिज्ञान/प्रविधी
    • मनोरन्जन
    • लोकसेवा
  • Home
  • मध्यपुरथिमि नगरपालिका: १० हजार व्यक्तिको निःशुल्क एन्टीजेन र पीसीआर परीक्षण गर्ने
383
Shares

मध्यपुरथिमि नगरपालिका: १० हजार व्यक्तिको निःशुल्क एन्टीजेन र पीसीआर परीक्षण गर्ने

४ असार २०७८, शुक्रबार १४:२१ No Comments
एन्टीजेन र पीसीआर मध्यपुरथिमि नगरपालिका

काठमाडौं: मध्यपुरथिमि नगरपालिकाले आफ्नो नगरक्षेत्रमा कोरोना भाइरस सङ्क्रमणको अवस्था पहिल्याउन एकै दिन एकैचोटि १० हजार व्यक्तिको निःशुल्क एन्टीजेन र पीसीआर परीक्षण गर्ने भएको छ ।

नगरपालिकाले प्रत्येक वडामा शनिबार बिहान १०:०० देखि ५ः०० बजेसम्म एकै पटक उक्त सङ्ख्यामा एन्टीजेन र पीसीआर परीक्षण गर्ने नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।

जिल्लामा सङ्क्रमित र मृत्यु दर सबभन्दा बढी हुने सो नगरपालिकाले चिनियाँ मोडलमा नेपालमै पहिलोपटक एकैचोटि एन्टीजेन र पीसीआर परीक्षण गरी कोभिड–१९ सङ्क्रमणको विश्लेषण गर्ने भएको हो ।

त्यसका लागि नगरपालिकाले करीब रु ३५ लाख खर्च गर्ने भएको छ भने परीक्षणका लागि ११ हजार किटको व्यवस्था गरिसकेको छ ।

नगरपालिकाले वडा नं १ को निर्मल बैँक्युट, २ को महेन्द्र निमावि जातिगाल, वडा नं ३ को वडा कार्यालय कौशल्टार, वडा नं ४ को जनआदर्श क्याम्पस, वडा नं ५ को भुँलाखेल पुरानो वडा कार्यालय, वडा नं ६ को स्वास्थ्य चौकी, वडा नं ७ को स्वास्थ्य चौकी, वडा नं ८ को नर्थ प्वाइन्ट महल र वडा नं ९ को स्वास्थ्य चौकी भवनमा स्वाब सङ्कलन गरिने जनाएको छ ।

एउटा वडाबाट करीब एक हजार १०० को परीक्षण गरिने र सङ्क्रमित बढी भएका तथा जोखिमयुक्त क्षेत्रलाई लक्षित गरी परीक्षण केन्द्र निर्धारण गरिएको नगरपालिकाले जनाएको छ ।

Post navigation

गण्डकी प्रदेशका मुख्यमन्त्रीले विश्वासकाे मत लिँदै (प्रत्यक्ष प्रशारण)
मेलम्ची नगरपालिका: बाढीपीडित राहत तथा पुनर्स्थापना कोष सञ्चालन

सम्बन्धित लेख

याैन स्वास्थ्य र हृदयाघात

१२ आश्विन २०८०, शुक्रबार ११:५८ No Comments

खुला रक्तदान कार्यक्रममा १०४ जनाले गरे रक्तदान

३१ भाद्र २०८०, आईतवार ११:११ No Comments

चिकित्सक कुटपिटको विरोधमा हेटौँडाका सम्पूर्ण स्वास्थ्य संस्था बन्द

२९ भाद्र २०८०, शुक्रबार १२:२७ No Comments

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Topten Khabar Pvt. Ltd. Babarmahal-11, Kathmandu, Nepal

Regd.No.:198928/075/076

Department of Information

Regd. No.: 1485/076/77

Press Council Regd. No.: 167/076/77

Email: toptenkhabar@gmail.com

  • सञ्चालक / सम्पादक : नन्दलाल खरेल
  • संरक्षक : रमेश घिमिरे

निर्देशक -राजकुमार थापा

बिजनेश म्यानेजर : सुधिरकुमार कर्माचार्य

मार्केटिङ म्यानेजर तथा रिपोर्टर : दिनेश लामिछाने

बजार व्यवस्थापक : टेकेन्द्र थापा

आइटी : मनिष खरेल

Toptenkhabar
Copyright 2021. All rights reserved | Designed By :- Tara Digital Solution