
—भरत सुवेदी
वा सरकार चलाउने सुकिला मुकिलाहरु हो
हजुरहरु सवैलाई सास्टाङ्गदण्डवत । ।
नेपाली माटाे,पानी, पहाड र सार्वभौमसत्ता गुमाउने
विदेशिको गुलामभई विदेशीलाई नेपाली वनाउने ।
आफ्नै देशको इज्जत पराईवाट लुटाउने
जुन पराई भेट्यो त्यहि संग डुव्दै कद घटाउने ।।
वा सरकार चलाउने सुकिला मुकिलाहरु हो
हजुरहरु सवैलाई सास्टाङ्गदण्डवत । ।
किसान र मजदुरको पसिना लुट्ने
जनताको गास,वास,र कपास खोस्ने ।
दलाल र माफियासग मिलि देश वरवाद गर्ने
शिक्षा र स्वास्थ्यको नाममा व्रमलुट मच्चाउने ।।
वा सरकार चलाउने सुकिला मुकिलाहरु हो
हजुरहरु सवैलाई सास्टाङ्गदण्डवत । ।
शहिदको रगतमा लतपतियर ठुला ठालु हुने
तिनै शहिदको सपना साकार पार्न नसक्ने ।
पद र प्रतिष्ठामा पुगेपछि स्खलित भैहाल्ने
सादा जिवन र उच्चविचार त कता हो कता अहंकारी हुदै जाने ।।
वा सरकार चलाउने सुकिला मुकिलाहरु हो
हजुरहरु सवैलाई सास्टाङ्गदण्डवत । ।
वेराजगारलाई रोजगार दिन नसक्ने
विदेशियका नेपालीको इज्जत गर्न नसक्ने ।
देखाउने दांत एउटा खाने दांत अर्को गर्दै हिडने
जनतावाट उठाएको कर अपचलन गरी भष्ट्राचारमा लालायित हुने ।।
वा सरकार चलाउने सुकिला मुकिलाहरु हो
हजुरहरु सवैलाई सास्टाङ्गदण्डवत । ।
गरिवलाई झन गरीव र धनिलाई झन धनि वनाउन उद्यत हुने
विधि विधान नमानि देशलाई गुमराहमा पार्ने ।
अधर्मि,पापी र राक्षसलाई प्रश्रय गरी देश लुटने
आर्थिक चरम दुरुपयोग गरी देशलाई टाट पल्टाउने ।।
वा सरकार चलाउने सुकिला मुकिलाहरु हो
हजुरहरु सवैलाई सास्टाङ्गदण्डवत । ।
धर्तिकै वोझवनि कती चुस्छौ ऐ व्यासाहरु हो
सयमले तिमिहरुलाई अवश्य अन्त्य गर्ने छ ।
देशले विस्तारै कांचुली फेर्ने छ
जनताहरुले चैनको सास फेरी देशको चौतर्फि विकास हुने छ ।।