१४ आश्विन २०८०, आईतवार
: :
Preeti To Unicode
Date Converter
  • चुनाब २०७९
Top Ten Khabar

सूचनाकाे खबरदारी

  • समाचार
  • अर्थ
    • अर्थ समाचार
    • कर्पोरेट
    • बीमा
    • बैंक वित्त
    • शेयर
  • राजनीति
  • प्रदेश
  • चुनाब २०७९
  • खेल
  • उत्प्रेरक
  • विश्व
  • शिक्षा
  • साहित्य
  • स्वास्थ्य
  • विचार
  • विविध
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • बिज्ञान/प्रविधी
    • मनोरन्जन
    • लोकसेवा
  • Home
  • कोरोनाको नयाँ ‘म्युटेसन’ फेला, सावधानी अपनाउनु पर्ने
42
Shares

कोरोनाको नयाँ ‘म्युटेसन’ फेला, सावधानी अपनाउनु पर्ने

८ असार २०७८, मंगलवार १२:४९ No Comments
कोरोना नयाँ भाइरस म्युटेसन
47
SHARES

काठमाडौँ, असार ८ गते । नेपालमा कोरोना भाइरसको नयाँ म्युटेसन पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले दिनुभएको जानकारीअनुसार ४८ वटा नमुना परीक्षण गर्दा ४७ वटामा डेल्टा भेरिएन्ट (बी.१.६१७.२) पुष्टि भएको हो । यस्तै एक नमुनामा अल्फा भेरिएन्ट (बी.१.१.७) पुष्टि भएको छ । डेल्टा भेरिएन्ट पुष्टि भएकामध्ये नौवटामा म्युटेसन देखिएको जानकारी उहाँले दिनुभयो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले देशका विभिन्न भागबाट वैशाख २६ देखि जेठ २० सम्म सङ्कलन गरेका ४८ वटा नमुनालाई विश्व स्वास्थ्य सङ्गठनको मान्यताप्राप्त भारतको इन्स्टिच्युट अफ जिनोमिक्स एन्ड इन्टिग्रेटेड बायोलोजी ल्याबमा भएको जिन सिक्वेन्सिङमा उक्त भेरिएन्ट पत्ता लागेको हो ।
डेल्टा भेरिएन्ट अहिले विश्वका ८० भन्दा बढी देशमा देखिएको छ भने अल्फा भेरिएन्ट १६४ देशमा देखिएको छ । ४७ जनामध्ये नौवटा नमुनामा के ४१७ एन भन्ने परिवर्तित रूप देखिएको हो ।
विश्व स्वास्थ्य सङ्गठनले बेलायतमा पहिलो पटक भेटिएको कोरोना भाइरसको भेरिएन्टलाई अल्फा, दक्षिण अफ्रिकामा भेटिएको भेरिएन्टलाई बिटा, ब्राजिलमा भेटिएको भेरिएन्टलाई गामा र भारतमा भेटिएको भेरिएन्टलाई डेल्टा नामकरण गरेको छ ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले एक विज्ञप्ति जारी गर्दै वैशाख २६ देखि जेठ २० सम्म देशका विभिन्न भागबाट विभिन्न उमेर समूहका व्यक्तिबाट सङ्कलित नमुनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनोट गरी ४८ वटा नमुना विश्व स्वास्थ्य सङ्गठनको नेपालस्थित कार्यालय तथा दक्षिणपूर्व एसिया क्षेत्रीय कार्यालयको सहयोग र समन्वयमा भारतको नयाँ दिल्लीस्थित इन्स्टिच्युट अफ जिनोमिक्स एन्ड इन्टिग्रेटेड बायोलोजी ल्याबमा पठाइएकोमा डेल्टा नामक भेरिएन्ट पुष्टि भएको जानकारी दिनुभएको छ ।

सतर्कता अपनाउनुपर्छ : डा. पाण्डे
वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. वासुदेव पाण्डेले नेपालमा देखिएको डेल्टा भेरिएन्ट अन्य भेरिएन्टभन्दा तीव्र रूपमा फैलिने बताउनुभयो । उहाँले नयाँ भेरिएन्टबारे विश्व स्वास्थ्य सङ्गठनले थप अध्ययन गर्ने भन्दै यो तीव्र रूपमा फैलिने भएकाले सतर्क रहनुपर्ने बताउनुभयो ।
युरोप तथा अमेरिकातिर आजको आजै भाइरसबारे अध्ययन हुने भन्दै उहाँले नेपालमा भने एक महिनाअघिको भेरिएन्टबारे अहिले चर्चा भएको बताउनुभयो । उहाँले नेपालमा भाइरस अघिअघि छ भन्दै सरकार यो भेरिएन्ट र त्यो भेरिएन्ट भन्दै पन्छिने गरेको बताउनुभयो । नयाँ भेरिएन्टबाट जोगिन पहिलेजस्तै सामाजिक दूरी कायम गर्नुपर्ने, मास्क लगाउनुपर्ने, हात साबुनपानीले नियमित धुनुपर्ने डा. पाण्डेले बताउनुभयो । नेपालमा रेस्टुराँहरू खुल्न थालिसकेका भन्दै उहाँले पसल खोल्नु, खुला रूपमा हिँड्नु कोरोनाको दृष्टिकोणबाट घातक हुने बताउनुभयो ।

गोरखापत्र

Post navigation

नारायणी नदीले डुबान गरेको क्षेत्रहरूको स्थलगत अनुगमनमा अध्यक्ष प्रचण्ड
राजेन्द्र महतोलाई सिंहदरबार प्रबेश निषेध: नयाँ पार्टी

सम्बन्धित लेख

याैन स्वास्थ्य र हृदयाघात

१२ आश्विन २०८०, शुक्रबार ११:५८ No Comments

खुला रक्तदान कार्यक्रममा १०४ जनाले गरे रक्तदान

३१ भाद्र २०८०, आईतवार ११:११ No Comments

चिकित्सक कुटपिटको विरोधमा हेटौँडाका सम्पूर्ण स्वास्थ्य संस्था बन्द

२९ भाद्र २०८०, शुक्रबार १२:२७ No Comments

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Topten Khabar Pvt. Ltd. Babarmahal-11, Kathmandu, Nepal

Regd.No.:198928/075/076

Department of Information

Regd. No.: 1485/076/77

Press Council Regd. No.: 167/076/77

Email: toptenkhabar@gmail.com

  • सञ्चालक / सम्पादक : नन्दलाल खरेल
  • संरक्षक : रमेश घिमिरे

निर्देशक -राजकुमार थापा

बिजनेश म्यानेजर : सुधिरकुमार कर्माचार्य

मार्केटिङ म्यानेजर तथा रिपोर्टर : दिनेश लामिछाने

बजार व्यवस्थापक : टेकेन्द्र थापा

आइटी : मनिष खरेल

Toptenkhabar
Copyright 2021. All rights reserved | Designed By :- Tara Digital Solution