काठमाडौं: राजेन्द्र महतोको उपप्रधान एवं शहरी विकास मन्त्री हेलिकोप्टरमा उड्दा-उड्दै गएको छ ।
सर्वोच्च अदालतले कामचलाउ सरकारले गरेको मन्त्रिपरिषद विस्तार बदर गरेपछि महतोको मन्त्री पद गएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक दुई चरणमा गरेको मन्त्रिपरिषद विस्तार गरेका थिए ।
मंगलबार सर्वोच्च अदालतले कामचलाउ सरकारले मन्त्री परिषद बिस्तार गर्न नमिल्ने अन्तरिम निर्णय गर्दै गर्दा उनी हेलिकोप्टर मार्फत सिन्धुपाल्चोक लागेका थिए। तर, काठमाडौं टेक्न नपाउँदै उनको मन्त्री पद गएको हो ।
मेलम्ची नदीको भीषण बाढीले क्षति पु¥याएको सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रको अवलोकनका लागि मन्त्री महतो साढे १२ बजे सिन्धुपाल्चोकतर्फ गएका थिए ।