–स्वयम्भू शाक्य
आज भोलि भन्दा भन्दै समय वितेको पत्तै नहुदो रहेछ । समयले समयलाई तानेर होला आज युगकवि सिद्धिचरण श्रेष्ठ छत्तिस वर्ष पुगेकोमा आफैमा आश्चार्य लागिरहेको छ । म कसरी छत्तिस वर्ष पुगेँ ? हिजो जस्तै लाग्छ आज त मनको तलाऊमा थुपैँ्र छालहरm उढेर होला म यति चाडै कसरी छत्तिस वर्ष पुगेँँ भनी सोच्दै छन् । थाहा छैन, मैले यतिका वर्ष किन खेर फाले ? मैले यति वर्ष किन चुप लागेर बसेँ ? आश्चार्य लागिरहेको छ । कतै म अचेत भएर लडेको त होइन ? कतै म निदै्र निद्रामा भूलेको त होइन् ? मैले समयलाई किन चिन्न सकेन ? मैले भविष्य किन बुझ्न सकेन ? किनहोला, समयसगैं हिडन नसकेको ? किनहोला समयलाई चिन्न नसकेको ? किनहोला, समयलाई बुझ्न नसकेको ? किनहोला समयलाई आफ्नो बनाउन नसकेको ? त्यसैले आज म रोइरहेको छुु । मुसुलधारे पानी परेर होला मनभित्र थुप्रैँ ठाउँमा बाढी–पैरोले सताउँन खोज्दैछन् । हावाहुरी चलेर होला मनलाई भत्काउँन खोज्दैछन् ।
समयले हामीलाई बोलाएको बेला हामी पनि समयसंगै हिड्नु पर्ने रहेछ । जुनवेला म समयसगै हिड्न सकेन । त्यसैले आज मैले त्यसको परिणाम भोग्दै छु । सपनैं सपनामा थुपँ्रै दिनहरm बिताएर अस्थीरै–अस्थीरमा थुपँ्रै रातहरm काट्ेर व्यवस्थापन गर्न नसकेको मेरो जीन्दगीमा अव्यवस्थाको एउटा नमूना बनेर म छत्तिस वर्षमा प्रवेश गरेको छु ।
कसरी आज म छत्तिस लागँे, आश्चार्य मलाई लाग्छ
केहि नगरि यति पर हुत्तिनु हाय कठै, यो मन रmन्छ ।
सपनामा नै दगुरी यतिका थुप्रा दिन बित्नु
अव्यवस्याको एक नमूूना बाहेक अरु के भन्नु ।
सपना रङ्गिन भएर होला सारा सपनाहरm झिलिमिली देख्दैछु । यो झिलिमिली त निदाएको बेला रचेको रचना हो । निद्रितहरmले देखेको वालुवाको घर हो । जहाँ न बस्न सक्छ न आफ्नो भन्न मिल्छ । यो त झिलिमिली भएर झिलिमिलीमै सकिने छ । रङ्गिन भएर रङ्गविहिन भएर जाने छ । विपनामा केहि पढ्न नसकेर नवुझेका अक्षरहरुको थुप्रो जस्तो कतै पढ्नै नपाएर त्यसै त्यसैँ हराएर जाने छ । त्यसैले निद्रितहरmका ती सपनाहरmलाई पढ्न सक्ने गरि रचना गर्ने हो भने निश्चय नै हृदयको गुफामा चेतनाका लहरहरm विछ्याउनु पर्छ । जागरणका घण्टीहरm ठाउँ ठाउँमा बजाउनु पर्छ । सुनौला घामहरm निधारमा ओछ्याउनु पर्छ । निदाएका आखाँहरmलाई शानतत्वले विझ्याउनु पर्छ । तवमात्र निद्रितहरmको आखाँ खोलिने छ । मन र मस्तिकमा दिव्यज्ञान पलाउने छ । हृदयका कुना कुनामा झलमल घाम लाग्ने छ । टुसाहरm पलाएर हृदयभरी फैलिने छ । त्यसैले निद्रितहरmको मीठो रचनाहरm पढ्ने हो भने सपना विपना भई आउँनु पर्छ । अध्यारोलाई वत्ती बालेर उज्यालो पार्नु पर्छ । रङ्गिनलाई क्षितिज जस्तै बनाउन सक्नु पर्छ । तह तह मिलाएर सबैले सबैलाई सधाउनु पर्छ ।
हामीलाई थाहा छ सपनाहरm कहिल्यै पनि विपना बन्न सक्दैनन् । यदि सपना नै विपना हुने भए सपना भित्रै यथार्थता लुक्नु पर्छ । सत्य गाँसिनु पर्छ । भविष्य देखिनु पर्छ । न्याय पाउनु पर्छ । होइन भने ती सपनाहरु सपनामा मात्र सीमित हुनेछ । विपना भएर होइन मानव जीवनको यथार्थसित कहाँ साइनो गाँसेर बस्न सकिन्छ र ? त्यसैले यथार्थसित लड्नु छ भने आगोसंग खेल्नु पर्छ । पानीसंग भिज्नु पर्छ । हावासंग जुट्नु पर्छ । माटोसंग खेल्नु पर्छ । तब मात्र यथार्थ बुझ्न सकिन्छ ।
आज मलाई ग्लानी भैरहेको छ । मुटु टुक्रा टुक्रा भएर होला पीडाले दुखिरहेको छ । यो हिड्नु पर्ने जीवनमा हिड्नै नसक्ने गरी आज धेरै गाह्रो भैसकेको छ । वास्तवमा मान्छेको जिन्दगीमा कटुसत्य यही नै हो ।
भोलि के होला मलाई थाहा छैन । मलाई त अहिलेको कुरो मात्र थाहा छ । किनकि म कुनै भविष्यवाणी गर्ने मान्छे होइन् । म त यथार्थतामा बाँच्नका निम्ति जतिसुकै दुःख र कष्ट सहेर भए पनि सघषैं–सघर्र्ष गर्ने मान्छेँ हु । त्यसैले मेरो भविष्य कस्तो छ कसलाई थाहा छ र । रङ्गिन सपनाहरmलाई कहिल्यै पनि मैले आफ्नो बनाएको छैन । किनकि मेरो लागि ती सपनाहरmको कुनै अर्थ छैन । जुन अर्थहिन सपनाहरुलाई बोकेर न म हिड्न सक्छु न लाज पचाएर आफ्नो भन्न सक्छु । यो त पानीको फोको हो । क्षण भरमँै आफ्नो आयु सकेर बिलाएर जाने तत्व हो ।
यो कुरो सत्य हो, सत्य कहिल्यै पनि विलाएर जान सक्दैनन् । सूर्यले कहिल्यै पनि पक्षपाती गर्न सक्दैनन् । धरतीले आफ्नो मान्छेलाई मात्र कहिल्यै पनि काखी च्याप्दैनन् । आकाशले कहिल्यै पनि तेरो मेरो भन्न जान्दैनन् । पवनले कहिल्यै पनि नातागोता खोज्दैनन् । त्यसैले होला यो सूर्य, यो धरती, यो आकाश र यो पवन सवैको लागि प्यारो छ । मुटुको ढुकढुकीसगैं सवैको साइनो गाँसेको छ ।
रङ्गिन सपना झिलिमिली सपना , ए निद्रितहरmको रचना
जा,जान परे निद्रितहरmको हृदय गुफामा वास वना
यथार्थतासित लड्नु छ, भिड्नु छ, सपनाको के काम मलाई
सपना फरिया फेटा वाँधी कति हिँड्ने लाज पचाई ।
जब यथार्थतामा सत्य छ भने हामी सत्यका पछाडी हिड्नै पर्छ । भावुकतामा होइन चुरो कुरोमा यो जीवनलाई समर्पण गर्न पर्छ । आशँै आशमा जिन्दगी भरी वाँच्न चाहन्छन् भने त्यसलाई हामी कसरी मान्छँे भन्न सकिन्छ र ? भावुकतै भावुकतामा अल्झिएर कोही मान्छेँ संधै हराउँन खोज्छन् भने त्यसलाई सत्यरुप कहाँ दिन सकिन्छ र ? यो त अर्थहिन पर्व हो । जहाँ जीवन हिडिरहेको छ । जीवन चलाई रहेको छ । त्यहाँ सत्यता छैन भने जीवन वाँच्नको अर्थ के हुन सकिन्छ र ? त्यसैले भावुकतै भावुकतामा सपनाहरmलाई नर्हुकाई दिए हुन्थ्यो । बाटो भरी हिड्नै नहुने गरि फोहर नफ्याँकि दिए हुन्थ्यो । जीवन बर्बाद पारी यताउता नहिडिएको भए हुन्थ्यो । समयलाई चिन्न नसकेर जीवन लामो छ भनी बाँच्न नखोजे हुन्थ्यो । शुन्य शुन्यमा हराउन यहाँ मन नमारिदिए हुन्थ्यो । आँखा चिम्लरे सवैसंग विश्वास नगरिदिए हुन्थ्यो । बाँच्नु नै छ भने यथार्थतालाई अँगाली दिए हुन्थ्यो । सत्यलाई बुझेर जीवन सत्यभित्र बुझाई दिए हुन्थ्यो । यो नै अन्तिम सत्य हो । यो नै अन्तिम मार्ग हो । यो नै अन्तिम यथार्थता हो । यो नै अन्तिम चेत हो । तसर्थ ती रङ्गिन सपनाहरुलाई च्याटेर विपनालाई हामीले अगाल्नै पर्छ । युगै युगसम्म हिड्दा पनि सीमा नभेटिएको त्योे यथार्थताको चट्टान माथि अझँै हामी हिड्नै पर्छ । किनकि यो जीवन हिड्नका लागि जन्मेको हो । जसरी खोला कहिल्यै सुक्दैनन् । समय कहिल्यै रोक्दैनन् । माटो कहिल्यै मर्दैनन् । हावा कहिल्य सुक्दैनन् । यो त निरन्तर अविरल रुपमा बग्ने समुन्द्र हो । जहाँ सपना होइन विपनै विपना छ । जहाँ दुःख होइन सुखै सुख छ । त्यही सुख हामीले अँगाल्नै पर्छ । त्यहाँ दुर्वलतालाई आगो बालेर जहाँ अध्यारो छ त्यही हामी हिड्नै पर्छ । तब मात्र यो जीवनले बाँचेको सार पाउने छ । म कसरी छत्तिस पुगेँ भन्ने कुरा समयले युगकवि सिद्धिचरण श्रेष्ठलाई बताउने छ ।
यथार्थतामैं सत्य रहन्छ, सत्य कुरामा अब लम्कूँ
भावुकताको हरियालीमैं जीवनको पर्व नसम्झूँ ।
भावुकहरmको भावुकतामा सपनालाई नहुर्काऊँ,
उसतिर जाने शुन्य सजाई यसतिरलाई नमिल्काऊँ ।
अब ता चेती सपना च्यातूँ विपनालाई अंगालूँ
यथार्थताको चट्टान हिँडी दुर्वलतालाई बालूँ ।
कसरी म छत्तिस लागें ? यो कविता युगकवि सिद्धिचरण श्रेष्ठले वि.स.२००५ सालमा रचना गर्नु भएको हो । हामीलाई समय वितेको पत्तो हुन्दैन । जब जन्मोत्सोब आउन्छ तब मात्र आफू यतिवर्ष पुगे भनी सम्झिन पुग्छ । तसर्थ हामीले यो अमूल्य समयलाई राम्रोसंग चिनेर सदुपयोग गर्नु पर्दछ । ताकि भोलि समय खेर गएकोमा पश्चाताप गर्न नपरोस् भनी प्रस्तुत कविताले सन्देश दिन खोजेको पाइन्छ ।
यौटा युग पुरmष, जसले नयाँ युगलाई जन्माउन सके, जसले जनतालाई चेतना दिए, जसले समाजमा रहेका अशिक्षा , अज्ञानता , कुसंस्कार र रुढीबाढीलाई जरैदेखि उखेलेर फयाँकनु पर्छ भनी साहस देखाए, जसले लोक कल्याण, मानव कल्याण, विश्व कल्याण र विश्व वन्धुत्व नै जीवनको उद्देश्य हो भनी जागरण ल्याए, त्यस्ता महान पुरुषले पनि आज म कसरी छत्तिस लागे भनी किन प्रश्न उढाएको होला ?