प्रतिनिधिसभा पुनर्स्थापना गरेर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै देउवासहित १४९ सांसदले दिएको रिटमा निवेदकका वकिलको बहस आज सकिदैछ।
प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा बुधवारदेखि बहस सुरू भएको थियो।
आज देउवाको रिटपक्षका वकिलले बहस गर्नेछन्। उनीहरूलाई अदालतले दिएको सुरू बहसको १२ घण्टा समयमध्ये अब साढे ४ घण्टा बाँकी छ।
आजको बहस बरिष्ठ अधिवक्ता श्रीहरि अर्यालले सुरू गर्ने छन् भने अन्तिममा बरिष्ठ अधिवक्ता सतिस कृष्ण खरेलको बहस छ।
अधिवक्ता गोविन्द बन्दीका अनुसार आज उनीहरू बाहेक अधिवक्ताहरू सुनिल पोखरेल, दिनमणि पोखरेल, टिकाराम भट्टराई, भिमार्जुन आचार्य, ओमप्रकाश अर्याल र बरिष्ठ अधिवक्ता सविता भण्डारी सहित २३ जनाले बहस गर्नेछन्।