
भक्तपुर।
मध्यपुर थिमि शंखधरचोकमा स्थापित बालकुमारी बचत तथा ऋण सहकारी संस्था लि ले आफ्नो २४औं स्थापना दिवस असोज २ गते एक समारोहको आयोजना गरी मनाइँदैछ।

२४औं स्थापना दिवसकै उपलक्ष्यमा शनिबार विहान शंखधरचोकमा एक रक्तदान कार्यक्रम सम्पन्न गय्रो।
नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा संचालन भएको कार्यक्रममा रक्तदाताहरूलाई संस्थाका अध्यक्ष तुईलाल श्रेष्ठ र संचालक जीवनहरि श्रेष्ठलगायतले प्रशंसापत्र प्रदान गर्नुभएको थियो। उक्त खुला रक्तदान कार्यक्रममा पुरुष ८३ र महिला २१ गरी जम्मा १०४ जनाले गरेका थिए ।