१४ आश्विन २०८०, आईतवार
: :
Preeti To Unicode
Date Converter
  • चुनाब २०७९
Top Ten Khabar

सूचनाकाे खबरदारी

  • समाचार
  • अर्थ
    • अर्थ समाचार
    • कर्पोरेट
    • बीमा
    • बैंक वित्त
    • शेयर
  • राजनीति
  • प्रदेश
  • चुनाब २०७९
  • खेल
  • उत्प्रेरक
  • विश्व
  • शिक्षा
  • साहित्य
  • स्वास्थ्य
  • विचार
  • विविध
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • बिज्ञान/प्रविधी
    • मनोरन्जन
    • लोकसेवा
  • Home
  • जीवन विकास लघुवित्तको आइपिओ आजदेखि बिक्री खुला

जीवन विकास लघुवित्तको आइपिओ आजदेखि बिक्री खुला

११ असार २०७८, शुक्रबार १३:३९ No Comments
आइपिओ जीवन विकास लघुवित्त

काठमाडौं: जीवन विकास लघुवित्त वित्तीय संस्थाको प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) आजदेखि बिक्री खुला भएको छ। आजदेखि बिक्री खुला भएको आइपिओ यही असार १५ गतेसम्म खुला हुने कम्पनीले जनाएको छ।

सो अवधिसम्म माग अनुसारको आवेदन नपरेमा यही असार २५ गतेसम्म शेयर बिक्री खुला गरिने संस्थाले जानकारी गराएको छ। १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको आइपिओ निष्कासन तथा बिक्री खुला गरिएको छ ।

प्रतिकित्ता एक सय अङ्कित दरका १९ लाख ७७ हजार ३०० कित्ता साधारण शेयर बिक्री खुला गरिएको छ। त्यसमध्ये जारी पूँजीको पाँच प्रतिशत अर्थात् ३० हजार ४२० कित्ता शेयर कर्मचारीका लागि र कूल निष्कासनको पाँच प्रतिशत अर्थात् ९८ हजार ८६५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।

बाँकी रहेका १८ लाख ४८ हजार १५ कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ।

सो शेयर इच्छुक लगानीकर्ताले न्यूनतम दश कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सी आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालय र मेरोशेयर एप (सफ्टवेयर) मार्फतसमेत आइपिओमा आवेदन दिन सकिनेछ।

Post navigation

“विश्वासको मत लिन्नँ भन्ने ठाउँ संसद् हो कि राष्ट्रपतिको ढोका ?”-प्रधानन्यायाधीश जबरा
एक लाख वर्षभन्दा अगाडि जीवित आदिम मानवको अहिलेसम्म अज्ञात एक प्रकार पत्ता लाग्यो

सम्बन्धित लेख

दोहोरो अंकले बढ्यो नेप्से

२७ असार २०८०, बुधबार १५:२८ No Comments

नेप्से परिसूचक दाेहाेराे अङ्कले बढ्याे

१९ असार २०८०, मंगलवार १६:४७ No Comments

नेप्से परिसूचकमा २१.३२ अङ्कले गिरावट

१८ असार २०८०, सोमबार १६:३० No Comments

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Topten Khabar Pvt. Ltd. Babarmahal-11, Kathmandu, Nepal

Regd.No.:198928/075/076

Department of Information

Regd. No.: 1485/076/77

Press Council Regd. No.: 167/076/77

Email: toptenkhabar@gmail.com

  • सञ्चालक / सम्पादक : नन्दलाल खरेल
  • संरक्षक : रमेश घिमिरे

निर्देशक -राजकुमार थापा

बिजनेश म्यानेजर : सुधिरकुमार कर्माचार्य

मार्केटिङ म्यानेजर तथा रिपोर्टर : दिनेश लामिछाने

बजार व्यवस्थापक : टेकेन्द्र थापा

आइटी : मनिष खरेल

Toptenkhabar
Copyright 2021. All rights reserved | Designed By :- Tara Digital Solution