
दिपा बस्नेत
थाहा छैन मलाई
आमाको वाल्सल्य पे्रम
कस्तो हुन्छ भनेर
थाहाछैनमलाई
बाबुको छत्रछहारी
कस्तो हुन्छ भनेर
तैपनि जीवनदेखी हारेको छुइन
थाहा छैन मलाई
जीवनमा हावा हुरी
बेग तुफान आउँछ भनेर
थाहा छैन मलाई
सुख, सयल, आनन्द
कस्तो हुन्छ भनेर
तैपनि जीवन देखी हारेको छुइन
थाहा छैन मलाई
जीवन साथीको पे्रम
कस्तो हुन्छ भनेर
थाहा छैन मलाई
जीवन कर्कलाको पानी
जस्तो फोका बनी आउँछ भनेर
तैपनि जीवन देखी हारेको छुइन ।।
थाहा छैन मलाई
जीवन भागदौड डर त्रास
नाटकीय जीवन छ भनेर
थाहा छैन मलाई
धेरैका लागि जीवन
नाटकीय भनेर
तैपनि जीवनदेखी हारेको छुइन ।।
थाहा छैन मलाई
सानैमा विवाह भयो
बाँच्नु प¥यो अनेकौं चोट पाएर
थाहा छैन मलाई
बच्चाको आमा हुनुपर्छ भनेर
बाँच्नु प¥यो शौताको चोट सहेर
तैपनि जीवन देखी हारेको छुइन ।।
थाहा छैन मलाई
जीवन दुःखदायी घुम्तीमा
टक्क अडिएको छ भनेर
थाहा छैन मलाई
मुद्दा मामिला झै झगडा
जीवनमा आइपर्छ भनेर
तैपनि जीवनदेखी हारेको छुइन ।।
थाहा छैन मलाई
अमृतरुपी जीवन आउँछ भनेर
पे्रमको सट्टा घृणा आउँछ भनेर
थाहा छैन मलाई
लोभ र भयमा जपेर
परमेश्वरको नाम
तैपनि जीवनदेखी हारेको छुइन ।।
थाहा छैन मलाई
दुःखी गरिबको सेवामा
जीवन समर्पित भएर
बाँच्नुमा आनन्दित भएर
थाहा छ अब मलाई
जीवनजीउने कला
कुनै परमेश्वर सम्झेर