१७ मंसिर २०८०, आईतवार
: :
Preeti To Unicode
Date Converter
  • चुनाब २०७९
Top Ten Khabar

सूचनाकाे खबरदारी

  • समाचार
  • अर्थ
    • अर्थ समाचार
    • कर्पोरेट
    • बीमा
    • बैंक वित्त
    • शेयर
  • राजनीति
  • प्रदेश
  • चुनाब २०७९
  • खेल
  • उत्प्रेरक
  • विश्व
  • शिक्षा
  • साहित्य
  • स्वास्थ्य
  • विचार
  • विविध
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • बिज्ञान/प्रविधी
    • मनोरन्जन
    • लोकसेवा
  • Home
  • बीमाको क्षेत्रमा रजत महोत्सवको अवसर पारी बरिष्ठ ब्यवसाय प्रवन्धक रबिन्द्रराज श्रेष्ठद्वारा अभिकर्ता सम्मान सम्पन्न

बीमाको क्षेत्रमा रजत महोत्सवको अवसर पारी बरिष्ठ ब्यवसाय प्रवन्धक रबिन्द्रराज श्रेष्ठद्वारा अभिकर्ता सम्मान सम्पन्न

२९ आश्विन २०८०, सोमबार ११:१८ No Comments

काठमाण्डौ
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड काठमाडौ शाखामा विशेष कार्यक्रमको आयोजना गरि बरिष्ठ व्यवसाय प्रवन्धक रबिन्द्र राज श्रेष्ठ समूह अन्तर्गतका अभिकर्ताहरुको भेला गरि बडादशैं २०८० शुभकामना आदान-प्रदानका साथै गत आर्थिक वर्ष मा उत्कृष्ट व्यवसाय गर्न सफल अभिकर्ता हरुलाई पुरस्कार बितरण एवं सम्मान कार्यक्रम सम्पन्न गरिएको थियो ।

शुक्रवार काठमाण्डौ शाखा कार्यालय घण्टाघरमा एक बिशेष कार्यक्रमका बीच कम्पनिका क्षेत्रीय प्रबन्धक सुमोद थापाको प्रमुख आतिथ्यता तथा बरिष्ठ व्यवसाय प्रवन्धक रबिन्द्र राज श्रेष्ठको सभापतित्व लगायत सहायक क्षेत्रीय प्रवन्धक रबिन्द्र शाक्य, शाखा प्रमुख जयराम धिताल बिकाश अधिकृत प्रशान कपाली सहित ५ दर्जन जति सहभागीहरुको समुपस्थितिमा उक्त भव्य कार्यक्रम सम्पन्न गरिएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्यका क्रममा शाखा प्रमुख जयराम धितालद्वारा समसामयिक बिषयमा प्रकाश पार्नुका साथै यस्ता कार्यक्रमको आयोजनाले अभिकर्तालाई निरंतर रुपमा क्रियाशील रहन प्रोत्साहन हुने बताउंदै लक्ष्य प्राप्तिका लागि निरंतर क्रियाशील सम्पूर्णमा सफलता प्राप्तिको कामना गर्दै आउँदै गरेको विजया दशमी,दीपावली,छठ पर्वको तथा नेपाल सम्बत ११४४ को शुभकामना ब्यक्त गरिएको थियो ।

उक्त अवसरमा गत दुई आर्थिक वर्षमा उत्कृष्ट योगदान दिन सफल अभिकर्ताहरुलाई कम्पनिका सहायक क्षेत्रीय प्रवन्धक लगायत शाखा प्रमुखको समुपस्थितिमा खादा माला टिका र बिभिन्न पुरस्कार प्रदान गरि सम्मानित गरिएको थियो । साथै बरिष्ठ ब्यवसाय प्रवन्धक श्रेष्ठद्वारा सो अवसरमा आफूलाई बीमाको क्षेत्रमा मार्ग निर्देश गरि रजत महोत्सवको यात्रा सम्म पुर्याउन भूमिका खेल्ने पार्बती जोशी प्रधान लाई गुरु शिष्य परंपरानुसार सम्मान पत्र सहित बिशेष पुरस्कार प्रदान गरि सम्मानित गरिएको थियो । जयराम बिडारीद्वारा सहजकर्ताको भूमिका निभाईएको उक्त कार्यक्रम सभ्य एवं भव्य रुपमा सम्पन्न गरिएको थियो । सहभागीहरुका लागि कार्यक्रम पश्चात समेबजिको व्यवस्था समेत गरिएको थियो ।
-जयराम बिडारी

Post navigation

नेपालमा सेमेष्टर शिक्षा प्रणाली
उपप्रधानमन्त्री श्रेष्ठ बेइजिङमा

सम्बन्धित लेख

क्यारिनद्वारा बारेकोटमा राहत वितरण

१७ मंसिर २०८०, आईतवार ०९:३८ No Comments

कोप–२८ : जलवायु परिवर्तनविरुद्धको साझा मोर्चा बन्ला ?

१७ मंसिर २०८०, आईतवार ०९:२५ No Comments

पेट्रोलियम पदार्थको मुल्य घट्यो

१५ मंसिर २०८०, शुक्रबार ०८:४५ No Comments

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Topten Khabar Pvt. Ltd. Babarmahal-11, Kathmandu, Nepal

Regd.No.:198928/075/076

Department of Information

Regd. No.: 1485/076/77

Press Council Regd. No.: 167/076/77

Email: toptenkhabar@gmail.com

  • सञ्चालक / सम्पादक : नन्दलाल खरेल
  • संरक्षक : रमेश घिमिरे

निर्देशक -राजकुमार थापा

बिजनेश म्यानेजर : सुधिरकुमार कर्माचार्य

मार्केटिङ म्यानेजर तथा रिपोर्टर : दिनेश लामिछाने

बजार व्यवस्थापक : टेकेन्द्र थापा

आइटी : मनिष खरेल

Toptenkhabar
Copyright 2021. All rights reserved | Designed By :- Tara Digital Solution