१७ मंसिर २०८०, आईतवार
: :
Preeti To Unicode
Date Converter
  • चुनाब २०७९
Top Ten Khabar

सूचनाकाे खबरदारी

  • समाचार
  • अर्थ
    • अर्थ समाचार
    • कर्पोरेट
    • बीमा
    • बैंक वित्त
    • शेयर
  • राजनीति
  • प्रदेश
  • चुनाब २०७९
  • खेल
  • उत्प्रेरक
  • विश्व
  • शिक्षा
  • साहित्य
  • स्वास्थ्य
  • विचार
  • विविध
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • बिज्ञान/प्रविधी
    • मनोरन्जन
    • लोकसेवा
  • Home
  • दुईदिने चित्रकथालेखन गोष्ठी सुसम्पन्न

दुईदिने चित्रकथालेखन गोष्ठी सुसम्पन्न

२० कार्तिक २०८०, सोमबार ०८:५९ No Comments

– माधव घिमिरे ‘अटल’

बाल साहित्य समाज तथा नेपाल प्रज्ञा प्रतिष्ठानको संयुक्त तत्त्वावधानमा दुई दिने बाल चित्रकथा लेखन कार्यशाला तथा ‘नेपाली बालसाहित्यको अध्ययन परम्परा’ शीर्षकीय अवधारणापत्र प्रस्तुत गर्दै समापन भएको छ ।
अढाई दर्जन बाल साहित्यकार सहभागी उक्त कार्यशालामा बाल वाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष अनन्त वाग्ले, बालसाहित्य समाजका अध्यक्ष प्रमोद प्रधान, महासचिव विजयराज आचार्य लगायतले चित्रकथा लेखनको सहजीकरण गरेका थिए ।
उद्घाटन- सत्रका प्रमुख अतिथि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले चित्रकला मानव इतिहासको सर्वाधिक प्राचीन कला भएको बताउँदै बालवयबाटै मानवीय आयामहरूको समारम्भ हुने जिकिर गरे । बाल मनोविज्ञानलाई केन्द्रमा राखेर तयारी गरिने पाठ्यक्रम र पाठ्यपुस्तकले नै अपेक्षित प्रतिफल दिने दाबी गर्दै विद्यालयीय शिक्षा सकिनासाथ विदेश भासिने परम्परा रोक्ने पाठ्यक्रमको माग गरे । बालसाहित्य समाजसँग लामो समयसम्म सहकार्य गर्ने आफ्नो इरादा रहेको इङ्गित गर्दै बाल मनोविज्ञानलाई आफ्नो माटोसँग जोड्न गरिने हरेक कार्यक्रमको हिस्सा बन्न प्रतिष्ठान तम्तयार रहेको जनाउ दिए ।

त्यसरी नै उपकुलपति तथा बाल साहित्यलाई विभागीय रूपमा संयोजन गरिरहेका बिमलकृष्ण श्रेष्ठ उर्फ बिमल निभाले उडन्ते कथाहरूलाई त्यागेर समाजलाई प्रत्यक्ष/परोक्ष देन दिने मिथक र लोक परम्परालाई प्रश्रय दिन गोष्ठीका सहभागीलाई आग्रह गरे । प्रतिष्ठानका सदस्य सचिव डा• धनप्रसाद सुवेदीले सहभागी तथा अभ्यागतहरूलाई स्वागत गर्दै आफ्नो मौलिकतामा आधारित सिर्जना बेच्नुपर्ने खाँचो औंल्याए ।

कार्यक्रमको पहिलो सत्रको समापन गर्दै बालसाहित्य समाजका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष प्रमोद प्रधानले कार्यशालाको मूल उद्देश्य नै बालसाहित्यको विविधीकरण भएको अवगत गराए । विविधताको हिसाबले समृद्ध भएपनि हस्तान्तरणका हिसाबले फितलो भएको उनको गुनासो थियो । सहकार्यको अवसर दिएकोमा प्रज्ञा प्रतिष्ठानप्रति आभार व्यक्त गर्दै अनुपम सम्पत्ति बालबालिकालाई हस्तान्तरण गर्न चित्रकथा लेखनी उत्तम माध्यम बन्न सक्ने आफ्नो बुझाइ रहेको अभिमत प्रकट गरे ।
दोस्रो दिन आम सहभागीहरूले आआफ्ना चित्रकथाका विषयवस्तु प्रस्तुत गरेका थिए भने विज्ञहरूले उक्त विषयवस्तुलाई कथामा ढाल्ने तौरतरिकाबारे आआफ्ना विचार राखेका थिए । त्यसपछि सुरू भएको अवधारणापत्र प्रस्तुति र टिप्पणीको कार्यक्रममा सहभागी तथा अभ्यागतलाई स्वागत गर्दै सदस्य सचिव डा• धनप्रसाद सुवेदीले प्रज्ञा प्रतिष्ठान स्वयम् आर्थिक सकसमा रहेको स्विकार्दै सहकार्यका निम्ति सदा तत्पर रहेको उद्घोष गरे भने प्रमुख अभ्यागतको भूमिका निल्वाह गरेका उपकुलपति निभाले ब्यानर वाचन गरी समुद्घाटन गर्दै कथा नेपाल र नेपाली माटोसँग जोडिएको हुनुपर्ने भन्दै कथामा मिल्ने ठाउँमा हास्यतत्त्व समावेश गर्न आग्रह गरे । त्यसरी नै कथा विज्ञानसँग सम्बद्ध भएमात्र अन्धविश्वासलाई हटाउन हटाउन सकिने जिकिर गरे ।
‘नेपाली बालसाहित्यको अध्ययन परम्परा’ शीर्षकीय अवधारणापत्र प्रस्तुत गर्दै डा• शैलेन्दु प्रकाश नेपालले बालसाहित्यको अध्ययनलाई थप मजबुत पार्नुपर्ने दाबी गरे । कार्यपत्रमाथि बाल अध्येता डा• छायादत्त न्यौपाने र प्राज्ञ परिषद्का सदस्य डा• मधुसूदन गिरीले टिप्पणी गरेका थिए ।

Post navigation

राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समिति अध्यक्षमा बाबुराम सुवेदी
गजलकार सरु ज्ञवालीको कादम्बरी गजलसङ्ग्रहको अन्तर्क्रिया कार्यक्रम सम्पन्न

सम्बन्धित लेख

पेट्रोलियम पदार्थको मुल्य घट्यो

१५ मंसिर २०८०, शुक्रबार ०८:४५ No Comments

युगकवि र झण्डा कविता

१४ मंसिर २०८०, बिहीबार ०९:०३ No Comments

प्रधानमन्त्री प्रचण्ड कोप-२८ मा सहभागी हुन दुबई प्रस्थान

१४ मंसिर २०८०, बिहीबार ०८:५८ No Comments

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Topten Khabar Pvt. Ltd. Babarmahal-11, Kathmandu, Nepal

Regd.No.:198928/075/076

Department of Information

Regd. No.: 1485/076/77

Press Council Regd. No.: 167/076/77

Email: toptenkhabar@gmail.com

  • सञ्चालक / सम्पादक : नन्दलाल खरेल
  • संरक्षक : रमेश घिमिरे

निर्देशक -राजकुमार थापा

बिजनेश म्यानेजर : सुधिरकुमार कर्माचार्य

मार्केटिङ म्यानेजर तथा रिपोर्टर : दिनेश लामिछाने

बजार व्यवस्थापक : टेकेन्द्र थापा

आइटी : मनिष खरेल

Toptenkhabar
Copyright 2021. All rights reserved | Designed By :- Tara Digital Solution