नेपालले महिला टि-२० आई सिरिजमा आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ।
चार देश सम्मिलित महिला टि-२० आई सिरिजमा दोस्रो खेल आज बिहान ११ : ४५ मा सुरु हुँदैछ । हङकङले आयोजना गरेको सिरिजमा घरेलु टोलीसँगै नेपाल, जापान र तान्जानिया छन् ।
बुधबार भएको पहिलो खेलमा नेपाल तान्जानियासँग २७ रनले पराजित भएको थियो। नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले घरेलु टोली हङकङलाई हराएर अगाडि बढ्ने लक्ष्य राखेको छ।
आइसिसी बरियतामा तान्जानिया १९औँ, नेपाल २१ औँ, हङकङ २२औँ, ५१ औँ स्थानमा रहेको छ। नेपालले समूह चरणको अन्तिम खेलमा शनिबार जापानसँग खेल्ने तालिका छ। शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन्।