१७ मंसिर २०८०, आईतवार
: :
Preeti To Unicode
Date Converter
  • चुनाब २०७९
Top Ten Khabar

सूचनाकाे खबरदारी

  • समाचार
  • अर्थ
    • अर्थ समाचार
    • कर्पोरेट
    • बीमा
    • बैंक वित्त
    • शेयर
  • राजनीति
  • प्रदेश
  • चुनाब २०७९
  • खेल
  • उत्प्रेरक
  • विश्व
  • शिक्षा
  • साहित्य
  • स्वास्थ्य
  • विचार
  • विविध
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • बिज्ञान/प्रविधी
    • मनोरन्जन
    • लोकसेवा
  • Home
  • चलचित्र ‘दिमाग खराब’को प्रदर्शन रोक्ने निर्माण टिमकाे घोषणा

चलचित्र ‘दिमाग खराब’को प्रदर्शन रोक्ने निर्माण टिमकाे घोषणा

३० कार्तिक २०८०, बिहीबार ०९:३० No Comments

काठमाडौँ।

चलचित्र ‘दिमाग खराब’ निर्माण टोलीले हलहरुले शो कम दिएको भन्दै चलचित्रको प्रदर्शनी रोक्ने घोषणा गरेको छ।

निर्माता रौनकविक्रम कँडेल र निर्देशक निश्चल बस्नेतले विज्ञप्ति जारी गर्दै हलहरूको अन्यायपूर्ण व्यवहारका कारण चलचित्रको प्रदर्शन रोक्ने घोषणा गर्नुपरेको बताएका छन्। चलचित्र यही कात्तिक २४ गतेदेखि प्रदर्शनीमा आएको थियो।

‘कात्तिक २४ देखि नेपाली चलचित्र दिमाग खराव संसारभर चलिरहेको छ। दर्शकहरूको अथाह माया र सद्भाव अनि चलचित्र दिमाग खरावप्रतिको चासोका कारण दिन प्रतिदिन चलचित्र हेर्न दर्शकहरु बढीरहनुभएको छ। हामीलाई त्यो कुराले अझै जिम्मेवार बनाएको छ। र, आगामी दिनमा हामीले अझै राम्रो चलचित्र बनाउने कोसिस गर्नेछौं, तर, विगतदेखि हामी नेपाली चलचित्र निर्माताले चलचित्र प्रदर्शकहरूबाट सधैं अन्यायपूर्ण व्यवहार खेप्दै आएका छौं। विदेशी चलचित्रलाई बिनातर्क प्रशस्तै शोहरू दिने र दर्शकको अत्यधिक चासो भएको र दर्शकहरूले हेर्न खोजेका नेपाली चलचित्रलाई पनि आवश्यक शो नदिने प्रचलन पुरानै हो। प्रतिवाद गर्ने निर्णय गरेका छौं। हाम्रो निर्णयले सम्मानित दर्शकहरूमा पर्न जाने असुविधाप्रति हामी क्षमाप्रार्थी छौं। हामीले चाहेको समान व्यवहार हो र जबसम्म विदेशी चलचित्र र नेपाली चलचित्रलाई बराबर शो प्रदान गरिँदैन र फिल्म प्रदर्शन भइरहुञ्जेल बराबरी शेयर बाँडफाँट हुँदैन। तबसम्मको लागि नेपालमा चलचित्र प्रर्दशन रोक्ने निर्णय गरेका छौं। समान व्यवहार भए सिनेमा हलमै प्रदर्शन गर्नेछौं नभए अरू कुनै माध्यमबाट हाम्रो सिनेमा दिमाग खराव दर्शकहरूलाई देखाउने छौं भन्ने प्रतिवद्धता पनि व्यक्त गर्दछौं।’ विज्ञप्तिमा भनिएको छ।

Post navigation

महिला टी–२० सिरिजः नेपालले आज हङकङसित खेल्ने
अमेरिकाको ‘साझेदार र मित्र’ बन्न चीन तयार छ : सी

सम्बन्धित लेख

क्यारिनद्वारा बारेकोटमा राहत वितरण

१७ मंसिर २०८०, आईतवार ०९:३८ No Comments

कोप–२८ : जलवायु परिवर्तनविरुद्धको साझा मोर्चा बन्ला ?

१७ मंसिर २०८०, आईतवार ०९:२५ No Comments

पेट्रोलियम पदार्थको मुल्य घट्यो

१५ मंसिर २०८०, शुक्रबार ०८:४५ No Comments

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Topten Khabar Pvt. Ltd. Babarmahal-11, Kathmandu, Nepal

Regd.No.:198928/075/076

Department of Information

Regd. No.: 1485/076/77

Press Council Regd. No.: 167/076/77

Email: toptenkhabar@gmail.com

  • सञ्चालक / सम्पादक : नन्दलाल खरेल
  • संरक्षक : रमेश घिमिरे

निर्देशक -राजकुमार थापा

बिजनेश म्यानेजर : सुधिरकुमार कर्माचार्य

मार्केटिङ म्यानेजर तथा रिपोर्टर : दिनेश लामिछाने

बजार व्यवस्थापक : टेकेन्द्र थापा

आइटी : मनिष खरेल

Toptenkhabar
Copyright 2021. All rights reserved | Designed By :- Tara Digital Solution