
म लोकतान्त्रिक नेता विधी प्रकृयाको कुरा गर्छु
तर सबैभन्दा अलोकतान्त्रिक हर्कतहरु मच्याउछु
म लोकतान्त्रिक नेता स्वतन्त्रता, न्याय र समाजवादको कुरा गर्छु
पार्टीमा गुट चलाई सधैभरी हैकम जमाउछु
म लोकतान्त्रिक नेता जसरी पनि सत्ता कब्जा गर्छु
दलाल पुँजीवादको सधैभरी मन्त्र जप्छु
म लोकतान्त्रिक नेता कम्युनिष्टहरुलाई वैचारिक विचलन गराउँछु
भ्रष्टचार, लुट, कमिसनमा सहभागी गराउँछु
म लोकतान्त्रिक नेता मानव अधिकारको कुरा गर्छु
तर हत्या, हिँसा वलात्कारको घटना झन बढाउँछु
म लोकतान्त्रिक नेता वैदेशिक ऋणमा भर पर्छु
स्वाधीनता र राष्ट्रियताको एजेन्डा हरदम अघि सार्छु
म लोकतान्त्रिक नेता राज्य कोषको दोहन गर्छु
आवरणमा रहेका कम्युनिष्टहरुलाई लालीपप चटाउँछु
म लोकतान्त्रिक नेता कालाबजारी माफीयालाई प्रश्रय दिन्छु
चुनाव जित्न र पार्टी चलाउन हरदम सहयोग माग्छु
म लोकतान्त्रिक नेता प्रजातन्त्र र लोकतन्त्रको कुरा गर्छु
साम दाम, दण्ड भेद प्रयोग गरी चुनाव जित्छु
म लोकतान्त्रिक नेता साम्राज्यवादी शक्तिहरुसँग साँठगाँठ गर्छु
उनीहरुकै राजनीतिक र आर्थिक नीतिहरु अघि सार्छु
म लोकतान्त्रिक नेता आवरणमा संघीयता र गणतन्त्रलाई स्वीकार्छु
तर व्यवहारमा यथास्थितीवादी कार्य पद्धति अपनाउँछु