काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी गठबन्धनले संघीय संसद् भवन प्रयोग गरेकोमा आपत्ति जनाएका छन् ।
आज मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले शभामुखले कानुनभन्दा नाघेको आरोप लगाएका छन् ।
‘संसद भवनलाइ संसदीय क्रियाकलापबाहेक अरु कुराका लागि प्रयोग गर्न दिइँदैन’ उनले भने, “तथाकथित बुद्धिजिवी भेला, तथाकथित पत्रकार सम्मेलनजस्ता बकवासी क्रियाकलाप गर्नका लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र संसदले भाडामा लिएको हो ? यस्तै गर्ने हो भने अरुले किन नपाउने ?”
उनले अगाडी भने, “प्रचण्डका कार्यकर्ता सभामुख हुनेबित्तिकै, प्रचण्डले जे भन्यो त्यो कानुनभन्दा माथि हुने ?”