वर्षासँगै आएको बाढी र पहिरोले चितवनमा क्षति पुर्याउन थालेको छ। यहाँका राप्ती, बुढीराप्ती, लदरी, कयर र लोथर खोलामा बाढी आउँदा पूर्वी चितवनको जनजीवन प्रभावित बन्न थालेको छ। पूर्वी चितवनको खैरहनी र राप्तीको सीमा क्षेत्रमा बग्ने लदरी खोलामा आएको बाढीले धुसरी पुल भत्काइदिएको छ। उक्त पुल भत्किँदा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको छ।
अहिले लदरी खोलो पूर्व-पश्चिम राजमार्गमा पसेको स्थानीयले बताएका छन्। खोला राजमार्ग हुँदै बस्तीतर्फ छिर्न थालेपछि स्थानीय त्रसित छन्।बुढी राप्ती खोलामा आएको बाढीले सौराहा र आसपासका क्षेत्र प्रभावित बनेका छन्।
रतननगर-७ का मैनाहा र मालपुरमा पनि बाढी पसेको छ। बुधबारदेखि नै परेको वर्षाका कारण रातिदेखि नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध छ।