नन्दलाल खरेल
म कसाई हुँ
मासु काटी वेच्ने
मेरो धर्म हो,
हरेक पटक मासु जोख्दा
पाप र धर्मको ख्याल गरी
ठिक ठिक तौल गर्दछु,
सबैप्रति इमान्दार देखिन्छु ।
म कसाई हुँ
मासु तौल गर्दा
प्राणी हत्या गरी
दुःख दिएको विर्सन्छु
म चार्वाक दर्शनको
हरपल माला जप्छु
जीन्दगी रहुन्जेल सबैलाई
मोजमस्ती गर्ने उपदेश दिन्छु
म कसाई हुँ
पाप कटनी गर्न वेला वेलामा
फूल अच्छेता लिई
सपरिवार मंदिर धाउछु
पाप नलागोस भनि
भगवानका प्राथना गर्छु
मंदिरबाट फर्कदा वजारबाट
खसी, कुखुरा खरिद गरी ल्याउँछु
म कसाई हुँ
रितिरिवाज कुल परम्परा
कहिल्यै छुटाइदिन म
चाड पर्व आफन्त सबैलाई
रक्सी र मासुका परिकारले
सेवा सत्कार गर्छु
चेली वेटीलाई दान दाक्षिना
दिई पाप भगाउछु
म कसाई हुँ
वेलावेलामा घरमा पुराण लगाउछु
पण्डित गुरुजनको पाउँ पर्छु
दान दक्षिणा भोजनले
पण्डितलाई तृप्ति गराउछु
इष्ट देवतालाई संझन्छु
तैपनि वेला वेलामा म झस्कन्छु
कतै पाप त गरेको छैन भनी संझन्छु
म कसाई हुँ
रक्सी चुरोटको नीत्य
अत्याधिक सेवन गर्छु
वेला वेलामा स्वाथ्य
परिक्षण पनि गराउँछु
चिकित्सकलाई के खाने
के नखाने सबै सोध्छु
विक्री नभएको मासु खाई सिद्धाउँछु ।।