
सत्ता समीकरणमा संसद् विघटनको मतियार बनेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनता समाजवादी पार्टीका एकजना अध्यक्ष महन्थ ठाकुरले सघाएपछि पार्टीको आन्तरिक विवाद बढेर फुटको स्थितिमा पुग्यो । दुबै पक्षकलाई एक-अर्कालाई कारबाही गरेको पत्र आयोगमा पठाए । तर, आयोगले भने महन्थ ठाकुर र उपेन्द्र यादव अध्यक्ष रहेको पार्टीलाई नै आधिकारिता मान्न सकिने जवाफ फर्कायो ।
पार्टीको आधिकारिकता माग गर्दै उपन्द्र समूह फेरि निर्वाचन आयोग पुग्यो । आयोगले मंगलबारका लागि दुबै समूहलाई बोलाएको थियो । अहिले दुबै समूहको विवाद समाधानका लागि निर्वाचन आयोगमा छलफल जारी छ । आयोगमा भइरहेको छलफलमा जसपाका दुई पक्षबीचका नेताहरू सहभागी भएका छन् ।
बैठकमा महन्थ ठाकुर पक्षबाट महन्थ ठाकुर, लक्ष्मणलाल कर्ण, शरदसिंह भण्डारी, उमाशंकर अरगरिया, सुरेन्द्र झा लगायतका नेताहरू सहभागी छन् । यस्तै उपेन्द्र यादव पक्षबाट नेता यादव सहित मोहम्मद इस्तियाक राई, राजेन्द्र श्रेष्ठ लगायतका नेताहरू सहभागी छन् ।