१४ आश्विन २०८०, आईतवार
: :
Preeti To Unicode
Date Converter
  • चुनाब २०७९
Top Ten Khabar

सूचनाकाे खबरदारी

  • समाचार
  • अर्थ
    • अर्थ समाचार
    • कर्पोरेट
    • बीमा
    • बैंक वित्त
    • शेयर
  • राजनीति
  • प्रदेश
  • चुनाब २०७९
  • खेल
  • उत्प्रेरक
  • विश्व
  • शिक्षा
  • साहित्य
  • स्वास्थ्य
  • विचार
  • विविध
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • बिज्ञान/प्रविधी
    • मनोरन्जन
    • लोकसेवा
  • Home
  • जुम्लाको सिंजा गाउँपालिका-६ का वडा अध्यक्षका छोराले स्थानीय युवामाथी कुटपिट

जुम्लाको सिंजा गाउँपालिका-६ का वडा अध्यक्षका छोराले स्थानीय युवामाथी कुटपिट

२४ असार २०७८, बिहीबार ११:५५ No Comments

जुम्लाको सिंजा गाउँपालिका-६ का वडा अध्यक्षका छोराले स्थानीय युवामाथी कुटपिट गरेका छन्। यातायात, खानेपानी लगायतका विषयमा वडाअध्यक्ष कालीबहादुर बुढाले विभिन्न सञ्चारमाध्यममा दिएको अन्तवार्ताको टिप्पणी गरेको विषयमा उनका छोरा नवीन बुढाले उनीमाथि कुटपिट गरेका छन्।

‘मैंले उहाँले दिएको अन्तवार्तामा केही झुटा कुरा पनि सुनिएकाले ती झुटा कुरालाई औंल्याएर टिप्पणी गरेको हुँ, यही विषयमा वडा अध्यक्षले मलाई फोनमा गालीगलौज र धम्की पनि दिनुभएको थियो,’ पीडित विवेन्द्र नेपालीले भने, यसै विषयमा छलफल गर्न आउनू भन्नुभयो, म कार्यकक्षमा गएर कुरा गरिरहेका बेला उहाँको छोरा आएर मलाई पिट्नुभयो।

वडा‍ध्यक्ष बुढाले अन्तर्वातामा गरिएको टिप्पणीको बारेमा छलफल गर्न असार ८ गते दिउँसो ४ बजे आफ्नो कार्यकक्षमा बोलाएका थिए। कार्यकक्षमा पुग्दा पनि वडाअध्यक्षले आफूलाई होच्याएर कुरा गरिरहेको पीडित नेपालीले बताए।

छलफल चलिरहेकै बेलामा वडाअध्यक्षका छोरा नवीन आएर विभेदजन्य गालीगलौज गर्दै गालामा थप्पड हानेको उनले बताए। उनले त्यसक्रममा आफूमाथि ‘डूम’ शब्द प्रयोग गरेको विवेन्द्रले जाहेरीमा उल्लेख गरेका छन्।

‘सरोकारसमेत नरहेको व्यक्ति आएर ‘तँ सार्की हलुडा बेची खाने डुम, तँ को होस्? जे गर्छस् गर्’ भन्दै एक्कासी म बसिरहेको ठाउँमा आएर आफ्नो हातले दुई चोटि मेरो गालामा हानी गर्धन निमोठी गर्धनमा समेत दुई चोटि हानेका हुन्,’ उनले प्रहरीमा दर्ता गर्न तयार पारेको जाहेरीमा उल्लेख गरेका छन्।

आफूमाथि भएको जातीय विभेदजन्य व्यवहार र कुटपिटको विषयमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिन खोज्दा प्रहरीले दर्ता गर्न नमानेको पीडित विवेन्द्रले बताए। म प्रहरीमा जाहेरी लिएर गएँ, प्रहरीले पहिले हामी छलफल गराउँछौं। त्यसपछि दर्ता गराउने/नगराउने विषयमा हेरौंला भन्नुभयो उनले बुधवार जिल्ला प्रहरीमा जाहेरी लिएर गएका थिए। प्रहरीले दर्ता नगरेपछि बुधवार नै उनले दलित आयोगमा निवेदन गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय जुम्लाले पनि पहिले आधिकारिकता बुझेर मात्र जाहेरी दर्ता गर्ने बताएको छ। ‘हामीले वडा अध्यक्षलाई पनि बोलाएका छौं, सिंजाबाट पनि आधिकारिक कुरा बुझ्नुपर्‍यो,’ कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक युवनकुमार चौधरीले भने, ‘त्यसपछि उहाँको जाहेरी दर्ता गर्छौं।

Post navigation

सर्वोच्च अदालतले रूपा सुनार, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र सरस्वती प्रधानलाई अदालतमा असार २९ गते बहसका लागि बोलायो
सुजिता भण्डारीको मृत्युको कारण ‘चोट पटक’ नभएको पोष्टमार्टमबाट खुलयाे

सम्बन्धित लेख

प्रधानमन्त्री प्रचण्डले बोलाए ७ दलको बैठक

१४ आश्विन २०८०, आईतवार ११:३० No Comments

‘सोराडी’ कृत मुक्तक संग्रह ‘रुपान्तरण’ बिमोचन

१४ आश्विन २०८०, आईतवार ११:१९ No Comments

गुरु लामा घ्याछो रिम्पोछे २२ देशको सल्लाहकारमा नियुक्त

१४ आश्विन २०८०, आईतवार ११:१६ No Comments

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Topten Khabar Pvt. Ltd. Babarmahal-11, Kathmandu, Nepal

Regd.No.:198928/075/076

Department of Information

Regd. No.: 1485/076/77

Press Council Regd. No.: 167/076/77

Email: toptenkhabar@gmail.com

  • सञ्चालक / सम्पादक : नन्दलाल खरेल
  • संरक्षक : रमेश घिमिरे

निर्देशक -राजकुमार थापा

बिजनेश म्यानेजर : सुधिरकुमार कर्माचार्य

मार्केटिङ म्यानेजर तथा रिपोर्टर : दिनेश लामिछाने

बजार व्यवस्थापक : टेकेन्द्र थापा

आइटी : मनिष खरेल

Toptenkhabar
Copyright 2021. All rights reserved | Designed By :- Tara Digital Solution