
ठमाडौँ- प्रधानमन्त्री के पी शर्मा ओलीले जनताको जीवन रक्षा सरकारको मुख्य प्राथमिकतामा रहेको बताउनुभएको छ ।
वीर अस्पतालस्थित कोभिड १९ युनिफाइड केन्द्रिय अस्पतालको नवनिर्मित भवनको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले कोभिड विरुद्धको लडाइमा जनताको जीवनलाइ प्राथमिकतामा राखेर काम गरिएको बताउनुभयो ।
स्वास्थ्य सुविधाको न्यनुतम उपलब्धताका बाबजुद महामारी नियन्त्रणमा धैरै हदसम्म सफल भएको भन्दै प्रधानमन्त्री ओलीले कोभिडलाइ पुर्ण रुपमा हराउन स्वास्थ्य सजगता पालना गर्न सबैमा आग्रह गर्नुभयो ।
थप खोप आपुर्तिका लागि अन्य देशहरुसँग संवाद र सम्झौता जारी राख्नेकाले खोपको आपुर्ति अब निरन्तर हुने भन्दै प्रधानमन्त्री ओलीले सबै नेपालीलाइ जतिसक्दो चाडो खोप उपलब्ध गराउने प्रतिबद्धता गर्नुभयो ।

नवनिर्मित कोभिड अस्पतालबाट जनताले पुर्ण रुपमा सेवा पाउनेमा विश्वास व्यक्त गर्नुहुँदै प्रधानमन्त्री ओलीले अस्पतालको क्षमता वृद्धिका लागि सरकारले सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा कोभिड १९ युनिफाइड केन्द्रिय अस्पतालको प्रमुख प्रशासकिय अधिकृत प्रा डा जागेश्वर गौतमले नयाँ भवनले कोभिड १९ विरुद्धको लडाइ जित्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।।