१७ मंसिर २०८०, आईतवार
: :
Preeti To Unicode
Date Converter
  • चुनाब २०७९
Top Ten Khabar

सूचनाकाे खबरदारी

  • समाचार
  • अर्थ
    • अर्थ समाचार
    • कर्पोरेट
    • बीमा
    • बैंक वित्त
    • शेयर
  • राजनीति
  • प्रदेश
  • चुनाब २०७९
  • खेल
  • उत्प्रेरक
  • विश्व
  • शिक्षा
  • साहित्य
  • स्वास्थ्य
  • विचार
  • विविध
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • बिज्ञान/प्रविधी
    • मनोरन्जन
    • लोकसेवा
  • Home
  • झापाको बाह्रदशी गाउँपालिकाद्वारा राजवंशी जातिलाई प्रथम नागरिक घोषणा

झापाको बाह्रदशी गाउँपालिकाद्वारा राजवंशी जातिलाई प्रथम नागरिक घोषणा

१ श्रावण २०७८, शुक्रबार १६:५१ No Comments
झापा बाह्रदशी गाउँपालिका राजव‌ंशी
59
SHARES



टपटेन खबर

१ श्रावण, झापा । झापाको बाह्रदशी गाउँपालिकाको सम्पन्न नवौं गाउँसभाले राजवंशी जातिलाई प्रथम नागरिक घोषणा गरेको छ। गाउँसभामा गाउँपालिकाका प्रवक्ता रहेका वडा नं १ का वडाध्यक्ष शम्भुसिंह राजवंशीले सो प्रस्ताव पेश गरेका थिए । प्रस्तावलाई गाउँसभाले सर्वसम्मत पारित गरेको प्रवक्ता राजवंशीले जानकारी दिए । ऐतिहासिक प्रमाणका आधारमा राजवंशी जाति नै पहिलो जाति भएकाले सो प्रस्तावउपर कसैले पनि आपत्ति नजनाएको प्रवक्ता राजवंशीले बताए ।

झापाका १५ वटा पालिकामध्ये बाह्रदशीमा पहिलोपटक यहाँका सबैभन्दा पुराना बासिन्दा भूमिपुत्र राजवंशी जातिलाई प्रथम नागरिक घोषणा गरिएको हो । गत असार २२ गते राजवंशी विकास प्रतिष्ठानले बाह्रदशी गाउँपालिका कार्यालयमा ज्ञापनपत्र बुझाउँदै प्राचीन कालदेखि बसोबासित मुख्य बासिन्दा भएको सप्रमाणका आधारमा राजवंशी जातिलाई बाह्रदशी गाउँपालिकाको प्रथम नागरिक घोषणा गरिनुपर्ने माग गरेको थियो । बाह्रदशीभित्र प्राचीनकालदेखि बसोबास गरी यहाँको भूमिलाई आवाद र सिंचित गरेको राजवंशी जाति यस ठाउँको मुख्य जाति भएको यथेष्ठ प्रमाणहरु भएकाले सही, सत्य र यथार्थतालाई ह्रदयंगम गरी गाउँसभाबाट राजवंशी जातिलाई प्रथम नागरिक घोषणा गर्न प्रतिष्ठानले ध्यानाकर्षण गराएको थियो ।

नेपालको संविधान २०७२ को अनुसूची ८ मा उल्लेख भएअनुसार धारा ५७ को उपधारा ९२०, धारा २०१४ को उपधारा ९२०, धारा २२१ को उपधारा९२० र धारा २२६ को उपधारा ९१० लाई आधार मानी प्राचीनकालदेखि बसोबास गर्ने जातिलाई प्रथम नागरिक घोषणा गर्न सकिने प्रावधान रहेको छ । करिब ४१ जातजातिको बसोबास रहेको बाह्रदशी गाउँपालिकामा राजवंशी जातिको जनसँख्या सबैभन्दा बढी रहेको छ । २ हजार घरधुरीमा रहेका राजवंशीहरुको जनसँख्या ९ हजार १३१ रहेको छ । जुन कूल जनसँख्याको २३।०५ प्रतिशत हो ।

Post navigation

स्थायी कमिटीको बैठक रोक्न नेपाल-खनाल पक्षको माग, अध्यक्ष ओलीद्वारा अस्विकार
लामो दूरीमा चल्ने सार्वजनिक यातायातको बढेको भाडादर सार्वजनिक

सम्बन्धित लेख

क्यारिनद्वारा बारेकोटमा राहत वितरण

१७ मंसिर २०८०, आईतवार ०९:३८ No Comments

कोप–२८ : जलवायु परिवर्तनविरुद्धको साझा मोर्चा बन्ला ?

१७ मंसिर २०८०, आईतवार ०९:२५ No Comments

पेट्रोलियम पदार्थको मुल्य घट्यो

१५ मंसिर २०८०, शुक्रबार ०८:४५ No Comments

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Topten Khabar Pvt. Ltd. Babarmahal-11, Kathmandu, Nepal

Regd.No.:198928/075/076

Department of Information

Regd. No.: 1485/076/77

Press Council Regd. No.: 167/076/77

Email: toptenkhabar@gmail.com

  • सञ्चालक / सम्पादक : नन्दलाल खरेल
  • संरक्षक : रमेश घिमिरे

निर्देशक -राजकुमार थापा

बिजनेश म्यानेजर : सुधिरकुमार कर्माचार्य

मार्केटिङ म्यानेजर तथा रिपोर्टर : दिनेश लामिछाने

बजार व्यवस्थापक : टेकेन्द्र थापा

आइटी : मनिष खरेल

Toptenkhabar
Copyright 2021. All rights reserved | Designed By :- Tara Digital Solution