१४ आश्विन २०८०, आईतवार
: :
Preeti To Unicode
Date Converter
  • चुनाब २०७९
Top Ten Khabar

सूचनाकाे खबरदारी

  • समाचार
  • अर्थ
    • अर्थ समाचार
    • कर्पोरेट
    • बीमा
    • बैंक वित्त
    • शेयर
  • राजनीति
  • प्रदेश
  • चुनाब २०७९
  • खेल
  • उत्प्रेरक
  • विश्व
  • शिक्षा
  • साहित्य
  • स्वास्थ्य
  • विचार
  • विविध
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • बिज्ञान/प्रविधी
    • मनोरन्जन
    • लोकसेवा
  • Home
  • प्रधानमन्त्रीले आजै विश्वासको मत लिनु हुँदै, प्रस्ताव संसद सचिवालयमा दर्ता

प्रधानमन्त्रीले आजै विश्वासको मत लिनु हुँदै, प्रस्ताव संसद सचिवालयमा दर्ता

३ श्रावण २०७८, आईतवार ११:५७ No Comments
11
SHARES

काठमाडौ, साउन ३ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिदै हुनुहुन्छ । आज  अपरान्ह ४ बजे बस्न बोलाइएको प्रतिनिधिसधा संसद अधिवेशनमा विश्वासको मत लिन लाग्नुभएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।

प्रधानमन्त्री देउवाले लिन लाग्नुभएको विश्वासको मतको प्रस्ताव कानुन तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सभामुख अग्निप्रसाद सापकोटामार्फत संसद सचिवालयमा समेत दर्ता भइसकेको पनि उहाँले बताउनुभउको छ ।

गत जेठ ८ गते विघटित प्रतिनिधिसभा असार २८ गतेको सर्वोच्च अदालतको फैसलाले पुर्नस्थापित गरेको थियो । असार २९ गते राष्ट्रपतिबाट पदभार तथा गोपनीयताको सपथ लिनुभएको प्रधानमन्त्री देउवाले आज पहिलो पटक बस्न लागिएको प्रतिनिधिसभा संसदमा नै विश्वासको मत लिन लाग्नुभएको हाे ।

संसदमा हाल कायम रहेको २७१ सांसदमा विश्वासको मत लिन प्रधानमन्त्री देउवालाई कम्तीमा १३६ मतको आवश्यक पर्छ । काँग्रेसको ६१, माओवादीको ४९ गरी ११० सङ्ख्या पुग्छ । त्यस्तै उपेन्द्र यादव पक्षको जनता समाजवादी पार्टी (जसपा) नेपालसँग अहिले १२ सांसद छन् । थप पाँच सांसद महन्थ ठाकुर पक्षबाट आएको सो पक्षले दाबी गरेको छ । यस हिसावले उपेन्द्र पक्षसँग १७ सांसद पुगेका छन् । सो पक्ष पाँच दलीय गठबन्धनमा रहेकाले देउवासँग १२७ सांसद सहज उपलब्ध छन् ।

विश्वासको मत लिनका लागि प्रधानमन्त्री देउवालाई थप ९ सांसदको आवश्यकता पर्छ । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले सहयोग गर्ने अपेक्षा देउवालाई छ । नेपालसँग २३ सांसद रहनुभएको छ । प्रधानमन्त्री देउवाले पहिलो बैठकबाटै विश्वासको मत लिने तयारी गर्नुभएपछि नेता नेपाल पक्ष थप दवावमा परेको छ । विघटित कार्यदलका सदस्यहरु विश्वासको मत दिने नदिने विषयमा छलफल गर्न अहिले कोटेश्वर पुग्नुभएको छ । एमाले संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ ।

सरकार विस्तार गर्नुअघि प्रधानमन्त्री देउवाले विश्वासको मत लिन काँग्रेसले सहज मानेको छ । सरकार विस्तार भएपछि मन्त्रीका आकांक्षी सांसदहरु रुष्ट हुनसक्ने अनुमान सो दलको छ । संविधानले बढीमा २५ जनामात्र मन्त्री बनाउन सक्ने बाध्यात्मक प्रावधान गरेकाले आकांक्षी धेरै भएपछि सबैलाई मन्त्रालयको जिम्मेवारी दिनसक्ने सुविधा प्रधानमन्त्रीलाई छैन । अहिले एमालेको नेपाल पक्षको सहयोग हुने प्रतिबद्धता रहेकै बेला विश्वासको मत लिन सके डेढ वर्षसम्म सरकारको आयु सुनिश्चित हुने बुझाइ काँग्रेसको छ ।

Post navigation

माधवकुमार नेपालनिकट नेताहरू नेपाल निवास कोटेश्वरमा
सङ्घीय संसद्को अधिवेशन आज ४ वजे बस्दै

सम्बन्धित लेख

राष्ट्रपतिद्वारा कुमारी इन्द्रजात्रा पर्वको शुभकामना

११ आश्विन २०८०, बिहीबार ११:५० No Comments

विप्लव समूह डोल्पामा विद्रोह

२७ भाद्र २०८०, बुधबार ११:१८ No Comments

राजनीतिमा ‘सुवास’ छरेर अस्ताए नेम्वाङ

२६ भाद्र २०८०, मंगलवार १३:१६ No Comments

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Topten Khabar Pvt. Ltd. Babarmahal-11, Kathmandu, Nepal

Regd.No.:198928/075/076

Department of Information

Regd. No.: 1485/076/77

Press Council Regd. No.: 167/076/77

Email: toptenkhabar@gmail.com

  • सञ्चालक / सम्पादक : नन्दलाल खरेल
  • संरक्षक : रमेश घिमिरे

निर्देशक -राजकुमार थापा

बिजनेश म्यानेजर : सुधिरकुमार कर्माचार्य

मार्केटिङ म्यानेजर तथा रिपोर्टर : दिनेश लामिछाने

बजार व्यवस्थापक : टेकेन्द्र थापा

आइटी : मनिष खरेल

Toptenkhabar
Copyright 2021. All rights reserved | Designed By :- Tara Digital Solution