बिनोद भट्टचन
०६१ साल असारमा १५ बर्षको लामो बसाईंपछी पैसाको खानी जापानलाई बाईबाई गरेर श्रीमति सहित आफ्नै देशको माया र परीवारको मायाले नेपाल फर्केको ५६ बर्षको एक सचेत मध्यम बर्गीय नागरीक हँु म । २०६४ सालमा नै बृहत जनआन्दोलन मार्फत राजतन्त्र फालेर लोकतान्त्रीक संघीय गणतन्त्रको स्थापना भयो । तर मलाई राजतन्त्र, हिन्दु राज्य हटाएर संघीयता लादेको खासै मन परेको थिएन । तर हामी जनसाधारण एक जनाले सोंच्दैमा हुनेवाला केहि पनि थिएन । तसर्थ “जताजता बाहुन बाजे, उतैउतै स्वाहा” भने सरह समय र परिस्थिति अनुसार बग्दै जान बाध्य भइयो । पहिलो संबिधान सभाको चुनाब २०६४ चंैत्र २८ गते भयो । अरु पुराना दलभन्दा १० बर्ष ज्यानको बाजी ठोकेर युद्धमा होमिएर आएको नयाँ दल केहि गरि पो हाल्छ कि भन्ने झीनो आशा राख्दै ललितपुर कुपण्डोलबाट मेरो परीवारको ३ भोट (आमा सहित) माओबादीलाई हालीयो । यद्यपि बिशेष गरि माओबादीका पर्चा र भित्तामा कोरिएका स्वायत्तता सहितको जातीयताको आधारमा संघीयता, समानुपातिक जस्ता नाराहरु देख्दा यो पार्टी सत्तामा पुगे पनि यीनै नाराहरु घाँडो हुनेछ र पतन हुनेछ भने जस्तो लाग्थ्यो ।
प्रत्यक्ष चुनाबमा त नसोचेको नतिजा लिएर माओबादी ठुलो दल बन्यो । यस्तो नतिजा न प्रचण्डले सोंचेका थिए न त अन्य दल न त भारतीय राजदुताबास न त अमेरीकन दुताबास न त युरोपीयन युनियन । सुनिन्थ्यो यस्तो अनुमान गर्न सकेको भए सायद ति बिदेशी शक्तीहरुले चुनाबै हुन दिने थिएनन् रे । मेरो जस्तै न्यूट्रल सोंच राख्ने बहुमत नेपाली जनताले माओबादीले १० बर्षे युद्धमा गरेका बिभिन्न अमानबीय अपराधहरुलाई माफी गर्दै, फेरी त्यस्तै बाताबरण नबनोस् भन्ने त्रास र केहि राम्रो गरि पो हाल्छ कि भन्ने आश गरेर भोट हालेका रहेछन् । त्यसपछी त ठुलो दलका नाताले प्रधानमन्त्री बनेका प्रचण्ड हावामा उडीहाले । १७,००० युबा युबती, प्रहरी, सिपाही बली चढाएर आएका उनी आफ्ना प्रतिबद्धता, स्द्धिान्त, कर्तब्य, सबै भुलेर राज्यबाट लिने सुबिधा कुम्ल्याउने र सत्ताको शक्ती प्रदर्शन गर्नेतिर पो उद्धृत भए । डेढ लाखको खटीया किने रे भनी आलोचित पनि भए । चीनका माओत्सेतु»् जस्तै राजनेता बन्ने ठाउँमा जनताले त पुर्याएकै हुन् । तर लिडरमा हुनुपर्ने सफा ब्यक्तित्व, इमान्दारिता, दूरदर्शिता, सक्षमता, साहसी जस्ता गुणहरु अभाबकै कारण उनले ९ महिनामै राजीनामा दिनुपर्यो । यसबाट सरकार बाहिर बसेर बिरोध गर्न जति सजिलो रहेछ , लौ गर न त भनेर सत्तामा पुर्याउँदा पनि गरेर देखाउन गाह्रो पो रहेछ भन्ने कुरा प्रमाणीत भयो ।
त्यसपछीका सरकारले पनि संबिधान बनाउन नसकि संबिधान सभा नै बिघटन भयो र दोस्रो संबिधान सभाको चुनाब २०७० साल मंसीर ४ गते भयो । भोट हाल्ने दिन म लाइनमा बस्दा समेत प्रत्यक्षमा तीनै पार्टी गतिला नभएका कारण, कसलाई हाल्ने कसलाई निर्णय गर्न सकिरहेको थिइनँ भने समानुपातिक चाहिँ गाईमा हालीदिन्छु भन्नेमा थिएँ । भोट हाल्दा झोला बोक्न नमिल्ने रहेछ, एकजना चिनेकै छिमेकी काँग्रेसको कार्यकर्ता भाइले म राखीदिन्छु दाई भन्दै मद्धत गर्यो । लौ खा जे सुकै होस् भन्दै प्रत्यक्ष ३ भोट रुखमा हालीयो । मेरो बर्ग म जस्तै धुरमुर भएछन् र प्रत्यक्ष भोट काँग्रेस एमालेमा बाँडीएर हल्का बढी मत ल्याएर काँग्रेस ठुलो दल बन्योभने माओबादी त टीठै लाग्ने गरी सानो दलमा खुम्चियो । म जस्तै धेरैले समानुपातिक चाहिँ गाईमा हालेछन्, प्रत्यक्षमा जिरो मत ल्याएको रा.प्र.पा.नेपाल समानुपातिकमा २४ सांसद ल्याएर रोष्टम घेराउ गर्न सक्ने शक्ती पो बनेछ ।
त्यसपछी २०७२ सालमा शुशील कोइराला नेतृत्वको सरकारले संबिधान जारी गर्यो र २०७४ साल मंसीरको आम निर्बाचनमाभने मेरो बर्गको भोट ह्वाररै एमाले र माओबादीको गठबन्धनलाई गयो । जसले गर्दा दुइ तिहाई नै पुग्ने गरी ने.क.पा. को बलियो सरकार के.पि. ओलीको नेतृत्वमा बन्यो । मैले भने यी तिनै दलप्रतिको बितृष्णा र बैकल्पिक दल निरुत्साहित नहुन् भन्ने सोंच राखी बिबेकशील साझा पार्टीलाई हालेको थिएँ । यसरी म जस्तै न्युट्रल सोंच राख्ने मध्यम बर्गको एउटा ठुलो जमात रहेछ, र यो जमात जता ढल्कन्छ ,त्यहि दल ठुलो बन्दो रहेछ भन्ने कुरामा म बिश्वस्त हुन पुगें । हो आज म मेरै बर्गको बारेमा चर्चा गर्न गइरहेको छु । मेरो बर्ग त्यो बर्ग हो, जो राष्ट्रका सच्चा इमान्दार शिक्षीत नागरीक हुन् । यिनीहरु स्वतन्त्र छन् र कुनै पार्टीको झोला बोक्दैनन् । पैत्रिक सम्पत्तिबाट होस् वा बैदेशिक रोजगारी या स्वदेशी रोजगार ब्यापार ब्यवसायबाट होस्, यस बर्ग शहरमा घर बनाएर बसेका हुन्छन् । यो बर्ग ४–५ महिना लकडाउन या बन्द भए पनि भोकै मर्दैनन् र धेरैले त बिपन्न बर्गलाई समेत बाँच्न मद्धत गर्ने धनी मनका हुन्छन् । यो बर्गले शिक्षीत र समझदार भएकै कारण राजनैतिक बिकल्प खोजीरहेका हुन्छन् । तर बिकल्प नपाएकै कारण खाजा खान रेष्टुरेण्ट पसेर मेनु हेर्यो हेर्यो अर्डर गर्दा मोमो या चाउमीन भने जस्तै बर्षैभरी नेता र दललाई बेसरी गाली गर्यो गर्यो भोट हाल्ने बेला त यिनै भ्रष्ट तीन दलमध्ये एउटा । हाल मध्यावधि चुनाब घोषणा भएको छ , यो चुनाब नभए पनि अबको २ बर्षमा त हुनै पर्यो । यिनै दलहरुको लुटतन्त्रबाट आक्रान्त भइसकेका हामी फेरी मन नपरी नपरी ठुलो दल बन्ने पालो काँग्रेसको भनेर रुखमा भोट हालेर भ्रष्ट शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने बाध्यतामा पर्दैछौं । त्यसैकारण यस्तो बाध्यता बुझेर पनि पटक पटक नबुझे जस्तो गरी फेरी पनि त्यही गल्ति दोहोर्याइन्छभने यसै लेख मार्पmत म आव्हान गर्दछु कि यो देश बिगार्ने सबैभन्दा ठुलो अपराधी ती नेताहरुभन्दा पनि मै हुँ र मेरै मध्यम बर्गीय जनता हुन् भन्न म हिच्किचाउने छैन ।
यसरी मेरो बर्गले आफ्नो पहुँच देखाउने भनेकै चुनाबको बेला भोट हालेर पालैपालो यी तीन दललाई ठुलो दल बनाउनु बाहेक अन्य समय ३ करोड जनताको हितमा स्वास्थ्य शिक्षाको एजेण्डा लिएर पटक पटक अन्सन बस्ने डा. गोबिन्द के.सी.को आन्दोलन, निर्मला पन्तको बलात्कार काण्ड, वाइडबडी काण्ड, ३७ क्विन्टल सुन काण्ड, कोरोना महामारीका बेला गोकुल बास्कोटाको ७० करोडको कमीशन काण्ड, कुलमान घिसी»् बिद्युत प्राधिकरणमा पुनर्बहाली काण्ड, enough is enough , भ्रष्टाचार बिरोधी अभियन्ता ज्ञानेन्द्र शाहीमाथी राज्यबाटै गरिएको चितवन आक्रमण काण्ड, रबि लामीछाने काण्ड यस्ता कुनै पनि घटनाको बिरोधमा मेरो बर्ग सडकमा ओर्लीएनन् । खान पुगेकै छ, लाउन पुगेकै छ, छोराछोरी बिदेशमा सेट भइसके राज्यको चिन्ता बोकेर किन टाउको दुखाउने भन्ने स्वार्थी सोंच राखेर मेरो बर्ग सडकमा नओर्लने प्रबित्तिकै कारण नेताहरु छाडा साँढे जस्तो बनेर हामीलाई नै मान्छे नगन्ने भएका हुन् । हुँदाहुँदा बृहत बिरोधका बावजूद तीनै पार्टीका शिर्ष नेताहरु ब्यक्तीगत स्वार्थका लागी MCC जस्तो राष्ट्रघाती सम्झौता गरेर देश बेच्न पनि पछाडी परेका छैनन् । आफु प्रधानमन्त्रीमा टिकिरहनका लागी ओलीले नेपाल टुक्राउन चाहने राजेन्द्र महतो जस्ता भारतीय दलाललाई पनि उपप्रधानमन्त्री बनाए । अब त हामीले प्रष्ट बुझ्नुपर्छ कि देश बिकृत राजनीतिका कारण संसदीय दल हैन ब्यक्तीबाट चलिरहेको छ । काँग्रेसको नाम ओढेर खोलिएको देउवा प्रा.लि., माओबादीको नाममा प्रचण्ड प्रा.लि.र एमालेको नाममा केपि ओली प्रा.लि., रा. प्र. पा. का नाममा कमल थापा प्रा. लि. यस्तै अन्य सबै प्राइभेट कम्पनी हुन् भनेर । बेसरी थपिए अर्को चुनाबसम्म एमालेकै नाममा अर्को माधब झलनाथ प्रा.लि. खुल्ला । यी प्राइभेट कम्पनीहरुको कर्तब्य भनैकै सञ्चालक समितिका नेताहरु र कार्यकर्तालाई भ्रष्टाचार गराएरै भए पनि फाइदा दिलाउनु हो । संघीयता त्यसकै रुप हो ।
त्यसकारण २०४७ सालदेखी नै शुरु भएको यिनीहरुको अन्त्यहिन नाटक कहिलेसम्म टुलुटुलु हेरिरहने ? कति नामर्द बन्ने ? धिक्कार छ म जस्ता कुपुत्र नेपाल आमाका सन्तानलाई । किनभने अन्याय, अत्याचार त्यतिबेलासम्म टिक्छ, जबसम्म पिडीतले सहिरहन्छ र प्रतिकार गर्दैन । नेपाली जनतामा ठुलो जमात गरीब बिपन्न छन् र गाउँघरमा बस्छन् । उनीहरुलाई राजनीतिसँग कुनै लेनादेना छैन र कसरी छाक टार्ने भन्नेमै उनीहरुको दिन जान्छ । त्यसपछीको राजनीतिमा चासो दिन सक्ने पढेको बुझेको ठुलो जमात भनेकै हाम्रो मध्यम बर्ग हो । हाम्रो बर्गको सोंच एक्लाएक्लै नभएर एकजूट बन्योभने जापान अमेरीका जस्तै बास्तबिक नागरीक सर्बाेच्चता कायम गर्न सक्ने ठुलो शक्ती सहजै बन्न सक्छ । त्यसमा पनि बिश्व नै कोभिडका कारण आतंकित भएर नेपाली जनताहरु रोग र भोकले मरिरहेका बेला हाम्रो दुइ तिहाइको बलियो ओली सरकार र शीर्ष नेताहरु महामारीको शुरुवातदेखी नै सत्ताकै लुछाचुँडी र मन्त्रीहरु भ्रष्टाचारमै लिप्त भएको घटनाबाट प्रत्यक्ष लाभ लिन पाएका झोले कार्यकर्ता र अन्धभक्त नेता बाहेक सिद्धान्त बोकेका असल कार्यकर्ताहरु पश्चातापमा परी हामै्र समुहको संख्यामा बृद्धी भएको छ ।
बर्तमान परिस्थितिमा हामीले नयाँ नेतृत्व खोज्नुपर्ने बाध्यता पनि छैन । हामी नागरिकको कर्तब्य भनेको यस ब्यबस्थाको पहिलेदेखी नै बिरोधमा सडकमा घाँटी सुक्ने गरी चिच्याइरहेका अभियन्ताहरुलाई २०६२–६३ सालको जनआन्दोलनमा जस्तै जुलुसमा सहभागी भएर साथ दिने मात्र हो । म एक सर्बसाधारण राष्ट्रप्रेमी असल नागरीक हुँ । म शतप्रतिशत बिश्वासका साथ दाबी गर्छु कि देश जोगाउने मात्र नभइ समृद्ध नेपालको सपना होइन बिपनामै देख्न पाइने एक मात्र अचूक बिकल्प भनेकै “प्रत्यक्ष जननिर्बाचित कार्यकारी प्रधानमन्त्री र अभिभावकीय भुमीकाको लागी राष्ट्रपतिको ठाउँमा सेरेमोनियल राजा” को ब्यबस्था हो । राजतन्त्र ल्याएर देश समृद्ध हुन्छ भन्ने भ्रममा म छैन, किनकी प्रत्यक्ष राजाको शासन पनि हामीले भोगीसकेका छौं । तर राजा सबैको साझा हुन्, राजाले देश र धर्म बेच्दैनन्, जनताको करबाट एउटा परीवार मात्र पाले पुग्छ , प्रधानमन्त्रीले ल्याएका प्रस्ताब, बिधेयकहरु राष्ट्र र जनहितमा छन् या छैनन् केलाएर बुझेर मात्र सदर या बदर (बर्तमान राष्ट्रपति भैंm आँखा चिम्लेर पारित) हुनेछ । सबैभन्दा सकारात्मक पक्ष भनेको प्रधानमन्त्रीले भ्रष्टाचार या अपराध गरेभने पनि कारबाही हुनेछ । बर्तमान ब्यबस्थामा भ्रष्ट गुण्डा नाइकेहरुले जति भ«ष्टाचार राष्ट्रघात गरे पनि नमरुञ्जेल पार्टी अध्यक्ष बन्न पाउने । प्रधानमन्त्री निबास जस्तो सरकारी जग्गा हडप्ने अपराधीमाथी कारबाहि नभएर उपप्रधानमन्त्री बन्न पाउने । आफैले बनाएको संबिधान आफैले मिच्न पाउने । आफ्नो सत्ता जोगाउन सिद्धान्त, नैतिकता जति बलि चढाए पनि हुने । नेताहरु र उनीहरुको झोलेहरुले मान्छे नै मारे पनि उन्मुक्ती पाउने बिश्वमै नभएको आफुलाई संबिधानभन्दा माथी राखेर साँच्ची नै अचम्भको उत्कृष्ट संबिधान पो बनाएका रहेछन् यी नेताहरुले । अनि त्यस्तालाई हामीले भोट हालेर राष्ट्रिय ढीकुटीको चाबी नै उनीहरुको हातमा थमाएपछी उनीहरुलाई कारबाही गर्ने कसले ? यहि नै बिडम्बना हो ।
यस प्रत्यक्ष जननिर्बाचित कार्यकारी प्रधानमन्त्री प्रणालीमा राजनीतिलाई ब्यापार बनाएका बर्तमान भ्रष्ट नेताहरुले डेढ दुइ करोड मतदातालाई पैसा बाँडेर जित्न सक्ने सम्भावना रहँदैन । कुलमान घिसिङ, महाबिर पुन, डा. गोबिन्द के.सी., डा. सुरेन्द्र के.सी., ज्ञानेन्द्र शाही, रबि लामीछाने र हालै आएर छोटो समयमै हाम्रो बिश्वास जित्न सफल हुनुभएका प्रा. डा. राम प्रसाद उप्रेती (जसले झापा आन्दोलनबाटै शुरु गरी पचासौं बर्ष कम्निष्ट आन्दोलनलाई मलजल गरेर पनि पछुताउनुभएको छ ।) जस्ता जनताको मन जितेका ब्यक्तीत्वहरु उम्मेदवार उठेभने हामीले हाम्रो नभइ राम्रोलाई भोट हालेर कार्यकारी प्रधानमन्त्री बनाउने छौं । असल नेतृत्व हामीले पायौंभने नेपालको बिकास हुनलाई त्यति समय लाग्दैन किनकी एक चाइनीज बिद्धानले “नेपाल सुनको कचौरामा भिख माग्ने देश हो ।” भने जस्तै जलबिद्युत, पर्यटन, जंगल जडीबुटी र ठाउँ अनुसारको आधुनिक कृषि प्रबर्धन, खानी अथाह प्राकृतिक श्रोत हामीसँग छ । यसको सहि सदुपयोग गर्न सके मात्र हाम्रो देश स्वर्गमा परीणत हुनेछ ।
हो नेपाली दाजुभाई, दिदीबहिनीहरु ! मौन समर्थनबाट परीवर्तन आउँदैन र राजा फालेर राष्ट्रिय ढीकुटी पालैपालो हालीमुहाली गरी खान पल्केका यी धूर्त स्यालहरुले राजा ज्ञानेन्द्र जस्तो जनताको खुशीको लागी भनेर रक्तपात नगरी सहजै राजगद्धी छोडे भैंm यिनीहरुले सहजै सत्ता छोड्नेवाला छैनन् । मेरो बर्गको बसाइँ भनेकै शहर हो । मुख्य शहरहरुका साथै हामी काठमाण्डौं उपत्यकाबासी प्रत्येक टोलटोल र घरघरबाट राष्ट्रीय झण्डा बोकेर सडकमा उत्रेर अटेरी गर्ने नेताहरुको कठालो समाएर गलहत्याउनैपर्ने कालखण्डमा हामी उभिएका छौं । तर कोभिडका कारण भीडभाड गर्न हाम्रै लागी खतरा छ त्यसकारण यस अभियानमा समर्थन गर्नुहुन्छभने पहिलो चरण र बिरोध जनाउने सजिलो उपायको रुपमा घरको छतमा सके राष्ट्रिय झण्डा नसके कालो कपडा माथीबाट देखिने गरी राखीदिनु हुन अनुरोध गर्दछु । यसलाई ड्रोन प्रबिधिद्धारा खिँच्नका लागी नेपाल सरकारद्धारा अनुमति प्राप्त सञ्चारकर्मीलाई अनुरोध गरिनेछ । यस लेख पढेर धेरैभन्दा धेरै लाइक र शेयर गरी सबै राष्ट्रप्रेमी नागरीक र सडकका अभियन्ताहरुमाझ पुर्याउनु तपाईंहरुको पहिलो दायित्व हुनेछ । त्यसपछी पहिलो अत्यावश्यक काम भनेकै अभियन्ताज्युहरु टुक्रेर होइन, एक जुट भएर तपाईंहरुकै नेतृत्वमा अबिलम्ब यी राष्ट्रघाती दलालहरुलाई सत्ताच्यूत गर्नु हो । सम्भब हुन्छभने नेपाली सेना र सुरक्षा निकायलाई पनि सहयोगको लागी अनुरोध गरौं । आखिर उनीहरु पनि नेपाली नै हुन् र यो परीवर्तन उनीहरुको भबिष्यको लागी पनि हो । त्यसपछी प्रत्यक्ष जननिर्बाचित कार्यकारी प्रधानमन्त्री र राष्ट्रपतिको ठाउँमा सेरेमोनियल राजाको ब्यबस्था गर्ने बाताबरण बनाउनुहोस् । अब देश निस्वार्थी, दूरदर्शी, इमान्दार, नैतिकवान र क्षमतावान नयाँ ब्यक्तीले चलाउनुर्छ । हाम्रो मध्यम बर्ग दलका कार्यकर्ता जस्तो अन्धभक्त भेडा छैनन् र असल काम गर्नेहरुका पछाडी सधैं साथ रहनेछन् । मेरो बर्गलाई बिनम्र अनुरोध छ कि अब त अति भो राष्ट्रघाती यी गुण्डा, भ्रष्टाचारी, बिदेशी दलाल, लेण्डुपेहरुलाई लखेट्न ढीलो नगरौं, म त जागें, तपाईंहरु पनि जाग्नुहोस् । जय नेपाल ।
बिशेष अनुरोध नेवार समुदायलाई
नेपालका बिभिन्न जातजातीमध्ये पुर्खौंदेखीको भाषा, धर्म, संस्कार, संस्कृति चाडपर्ब जोगाउँदै आएर यस एक्काइसौं शताब्दीसम्म पनि थेगिरहन सक्षम पहिलो जात नै नेवार समुदाय हो भन्दा सायद अत्युक्ती नहोला । किनकी अन्य जातीमा बर्तमान शैक्षिक प्रणाली, राज्यको नीति र आधुनिकिकरणका नाममा जातीय भाषा, संस्कार, संस्कृतिको क्षयीकरण तीब्र गतिमा बढ्दो छ । जसमध्ये मेरो जाती नै अग्र पंक्तीमा पर्छ । केहि बर्ष अघि यसै गणतान्त्रिक सरकारले संस्कति परम्परा मास्न ल्याएको गुठी बिधेयकको बिरोधमा उपत्यकाबासी नेवार समुदाय जसरी उर्लिएर बिधेयक नै फिर्ता लिन बाध्य पारेको थियो । त्यसमा मेरो अन्तरआत्मादेखी नै समर्थन एबं सल्युट छ । त्यसैकारण पनि यहाँहरुलाई बिशेष अनुरोध छ कि त्यसबेलाको गुठी बिधेयक नेवार समुदाय र अन्य गुठीवालासँग मात्र सम्बन्धित थियो । तर आज, नागरीकता ऐन जस्ता राष्ट्रघाती सम्झौता गरेर देश नै सिक्किमीकरण भइ नेपालै नरहला कि भन्ने त्रासमय कालखण्डमा हामी आइपुगेका छौं । तसर्थ नेवार समुदाय मात्र उठ्दा पनि हल्लिएको लेण्डुपे दलाल भ्रष्ट नेताहरु, हामी सबै नेपाली उपत्यकाबासी जनताहरु एक भएर उर्लियौंभने यी गुण्डाहरुले लुक्ने ठाउँ पनि पाउने छैनन् । राष्ट्र जोगाउनका लागी यहाँहरुको सहभागीता अनिबार्य छ
५० देखी ७० बर्ष उमेर समुहका हामी
यो समुहका हामीहरु भनेको जीबनका उकाली, ओराली, घोप्टोचेप्टो पर्दै बच्चाहरु हुर्काएर रिटायर लाइफ बिताउने चरणमा प्रबेश गर्न लागेको या गरिरहेको उमेर हो । जिन्दगीका राम्रो नराम्रो रमाइलो नरमाइलो सबै हामीले भोगीसक्यौं । आफ्नो परीवारको सुखका लागी के पो गरिएन होला सबैका आ–आफ्ना पीडा अनुभब होलान् नै । यसरी हाम्रो बर्ग एकातर्पm रिटायर लाइफमा प्रबेश गरेको छभने अर्कोतर्पm सुगर, प्रेशर, थाइरोइड, बाथ पत्थर जस्ता रोगहरुले गिथोल्ने उमेर पनि हो । मेरो बिचारमा आफु र परीवारको लागी गर्नुपर्ने कर्तब्य हामीले निभाइसक्यौं । रोग ब्याधीसँग लड्दै बाँच्नुपर्ने जिन्दगीको यस छोटो उत्तराद्र्धमा आफ्नो मातृभुमी र लाउँलाउँ खाउँखाउँ भन्ने उमेरका रमाइलो उज्वल भबिष्य जिउन बाँकी रहेका हाम्रा युबा पुस्ताहरुलाई बचाउनका लागी छातीमा गोली थापेर ७० बर्षका भक्ती थापा बन्ने अवशर पायौंभने पनि म त आफुलाई भाग्यमानी ठान्नेछु । तर ज्यानकै माया मारेर आन्दोलन गर्नुपर्ने जमाना भने अहिले छैन । राष्ट्र जोगाउन र आफ्नो भबिष्य उज्ज्वल बनाउनका लागी युबा पिंढी त जाग्नु पर्छ नै । हाम्रो पिंढीले पनि हाम्रा छोराछोरीका लागी यस बिकृत राजनीतिबाट मुक्ती दिन महत्वपुर्ण भुमीका निभाऔं भन्ने मेरो अनुरोध छ ।